प्रतिनिधिसभा बैठक बस्दै, विश्वविद्यालय विधेयक टेबल गर्ने कार्यसूची « Khabarhub

प्रतिनिधिसभा बैठक बस्दै, विश्वविद्यालय विधेयक टेबल गर्ने कार्यसूची


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो ३ बजे बस्ने गरी बोलाइएको छ । हिजो दिउँसो ३ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर आजका लागि सारिएको हो ।

हिजो दिउँसो १ बजेका लागि बोलाइएको बैठक संसद सुचारु गर्ने विषयमा सहमतिको प्रयास भइरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले दिउँसो ३ बजेका लागि सारेका थिए । तर अन्तिम समयमा आएर सो बैठक स्थगित गरिएको थियो ।

प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई लिएर एमालेले गत बुधबारदेखि संसद बैठक अवरुद्ध गर्दै आएका कारण आज पनि संसद बैठक सञ्चालन हुनेमा आशंका रहेको छ ।

आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक– २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबल गरिने कार्यसूची रहेको छ । सो विधेयक सोमबार बसेको राष्ट्रियसभा बैठकले बहुमतले पारित गरेको थियो ।

यस्तै, बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक– २०८० माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

बैठकमा मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक– २०८० माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ ।

यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गुरुङले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक– २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ७ : ०१ बजे

फिफा नियममाथि ट्रम्पको ‘पावर’: अमेरिकी खेलाडीले पाएको रातो कार्ड फुकुवा

काठमाडौँ – फिफा विश्वकपको एउटा स्थापित र अकाट्य नियम छ-

यी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

नर्वेसँगको हारसँगै भावुक बनेका नेयमारले गरे संन्यासको घोषणा

न्युयोर्क – ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

गोल्डेन बुटको रोमाञ्चक भिडन्त : प्रतिस्पर्धामा ७ गोलसहित मेसी, हालान्ड र एम्बाप्पे

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा सर्वाधिक गोलकर्तालाई प्रदान