प्रधानमन्त्रीद्वारा बन्दै गरेको नयाँ संसद भवनको निरीक्षण « Khabarhub

प्रधानमन्त्रीद्वारा बन्दै गरेको नयाँ संसद भवनको निरीक्षण


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदको नयाँ भवन निर्माणको काम छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् ।

सोमबार सिंहदरबारमा निर्माणाधीन नयाँ संसद भवनको निरीक्षण गर्दै प्रधानमन्त्री प्रचण्डले आउँदो हिउँदे अधिवेशन नयाँ भवनमा गर्ने लक्ष्य रहेको भन्दै भवन निर्माणको काम छिटो सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

नयाँ संसद भवन देशको गौरव भएकाले युद्धस्तरमा काम गर्नका लागि कुनै सम्झौता नगर्न समेत उनले निर्देशन दिए । प्रधानमन्त्री प्रचण्डले देशको एकमात्र सार्वभौम संस्थाको आफ्नै भवन नहुनु नमिठो कुरा रहेकाले आफूले आफ्नै संसद भवन निर्माण गर्न पहल गरेको स्मरण गरे ।

उनले हतारमा डिपिआर बनाएको प्रश्न उठ्दा पनि १२ वटा भवनको काम सकिन लागेको देखिएको र समन्वयका आधारका काम भएको जानकारी पाउँदा खुसी लागेको जिकिर गरे ।

त्यस्तै शहरी विकास मन्त्री सीता गुरुङले बिभिन्न चुनौतिबीच पनि समयमा नै नयाँ भवन निर्माणको सम्पन्न गर्न आग्रह गरिन् । उनले सरकारले लिएको उद्देश्यलाई पुरा गर्नका लागि पनि समयमा नै निर्माण सम्पन्न गर्न अनुरोध गरिन् ।

१ सय ७३ रोपनी क्षेत्रफलमा फैलिने उक्त भवनमा संघीय संसद भवन, प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, अतिविशिष्ट कक्ष र अन्य कार्यालयलगायत ११ भवन हुनेछन् ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ३ : २१ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने