प्रधानमन्त्रीद्वारा बन्दै गरेको नयाँ संसद भवनको निरीक्षण « Khabarhub

प्रधानमन्त्रीद्वारा बन्दै गरेको नयाँ संसद भवनको निरीक्षण


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदको नयाँ भवन निर्माणको काम छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् ।

सोमबार सिंहदरबारमा निर्माणाधीन नयाँ संसद भवनको निरीक्षण गर्दै प्रधानमन्त्री प्रचण्डले आउँदो हिउँदे अधिवेशन नयाँ भवनमा गर्ने लक्ष्य रहेको भन्दै भवन निर्माणको काम छिटो सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

नयाँ संसद भवन देशको गौरव भएकाले युद्धस्तरमा काम गर्नका लागि कुनै सम्झौता नगर्न समेत उनले निर्देशन दिए । प्रधानमन्त्री प्रचण्डले देशको एकमात्र सार्वभौम संस्थाको आफ्नै भवन नहुनु नमिठो कुरा रहेकाले आफूले आफ्नै संसद भवन निर्माण गर्न पहल गरेको स्मरण गरे ।

उनले हतारमा डिपिआर बनाएको प्रश्न उठ्दा पनि १२ वटा भवनको काम सकिन लागेको देखिएको र समन्वयका आधारका काम भएको जानकारी पाउँदा खुसी लागेको जिकिर गरे ।

त्यस्तै शहरी विकास मन्त्री सीता गुरुङले बिभिन्न चुनौतिबीच पनि समयमा नै नयाँ भवन निर्माणको सम्पन्न गर्न आग्रह गरिन् । उनले सरकारले लिएको उद्देश्यलाई पुरा गर्नका लागि पनि समयमा नै निर्माण सम्पन्न गर्न अनुरोध गरिन् ।

१ सय ७३ रोपनी क्षेत्रफलमा फैलिने उक्त भवनमा संघीय संसद भवन, प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, अतिविशिष्ट कक्ष र अन्य कार्यालयलगायत ११ भवन हुनेछन् ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ३ : २१ बजे

दोहोरो चपेटामा राधास्वामीका सुकुम्वासी : एकातिर बाढीको डर, अर्कोतिर सरकारको चेतावनी

काठमाडौं- कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासीहरूको जनजीवन वर्षाका

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने

काठमाडौँ– सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक

तनावपूर्ण खेलमा भिड्दै इङ्गल्यान्ड र मेक्सिको : दुई पेनाल्टी, एउटा रातो कार्ड

काठमाडौँ – फिफा विश्वकपको नकआउट चरण (अन्तिम १६) को एक

विश्वकप फुटबल : पहिलो हाफमा मेक्सिको विरुद्ध इंग्ल्याण्डलाई २–१ को अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल अन्तर्गत अन्तिम १६ को खेलमा अहिले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– संघीय संसद्‌अन्तर्गत प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक