सुदूरपश्चिमको आगामी बजेटप्रति सत्तापक्षकै सांसद असन्तुष्ट « Khabarhub

सुदूरपश्चिमको आगामी बजेटप्रति सत्तापक्षकै सांसद असन्तुष्ट


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारितमा सत्तापक्ष दलकै सांसद असन्तुष्ट देखिएका छन्।

सोमबार बसेको तीन दलका संसदीय नेताको बैठकले सरकारको बजेट पारितमा समर्थन नगर्ने निर्णय गरेको हो। सत्तापक्ष दलमा रहेको नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले बजेट पारितमा समर्थन नगर्ने निर्णय गरेको छ।

आगामी आर्थिक वर्षको बजेट ल्याउँदा आफना दल नेतासँग छलफल नगरि तथा सुझावलाई नसमेटिएको भन्दै बजेट पारितमा सहयोग नगर्ने सो निर्णयमा उल्लेख छ।

नेकपा माओवादी संसदीय दलका नेता खगराज भट्ट, नेकपा एकीकृत समाजवादी पार्टीका दलका नेता दीर्घबहादुर सोडारी र नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीको हष्ताक्षर रहेको निर्णयमा भनिएको छ,‘जनताको आवश्यकता र औचित्य विपरित बजेट आएको छ। उक्त बजेटका विषयगत क्षेत्रहरुमा पनि पुरै सन्तुलन नभएको, राजनीतिक नेतृत्व मुखदर्शक भएको अनुभुति भएको छ।’

उनीहरूले समयमै बजेट सन्तुलित बनाउन माग गरेका छन्।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ६ : ४४ बजे

अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तरजातीय विवाह गरेका २५

ट्राफिक प्रहरीबाट एकै दिन दुई हजार बढी सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एक्रै दिन दुई हजार १७६ जना सवारीचालक

दोहोरो चपेटामा राधास्वामीका सुकुम्वासी : एकातिर बाढीको डर, अर्कोतिर सरकारको चेतावनी

काठमाडौं- कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासीहरूको जनजीवन वर्षाका

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने

काठमाडौँ– सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक