गण्डकी र आर्मीबीचको खेल तनावपूर्ण | Khabarhub Khabarhub

गण्डकी र आर्मीबीचको खेल तनावपूर्ण


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राजधानीमा जारी सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई पराजित गरेको छ ।

सोमबार भएको तनावपूर्ण खेलमा आमीले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्ड हलमा भएको खेलमा आर्मी २५–१९, २६–२४ र ३३–३१ ले विजयी भएको थियो । तेस्रो सेटमा आर्मी २३–२४ को अवस्थामा गण्डकीका खेलाडीले प्रहार गरेको स्पाइक आउट भएको भन्दै २४–२४ को बराबरी भएको थियो । तर गण्डकीका खेलाडी ब्लकको समयमा आर्मीका खेलाडीलाई लागेर गएको भन्दै बिबाद सुरु भएको थियो । विवादकाबीच समर्थकले बोतल प्रहार गरेपछि आर्मीका समर्थक तथा खेलाडीहरु पनि दर्शकदिर्घामा नै पुगेको थियो । लामो विवादपछि प्रहरीको हस्तक्षेपमा विवाद साम्य भएको थियो ।

त्यस्तै सोमबार नै भएको अर्को खेलमा हेल्प नेपालले दावाली मिलन क्लबमाथि सोझो सोटमा जित हासिल गरेको छ । हेल्प नेपालले दावाली मिलन क्लबमाथि २५–१७, २५–२२ र २५–२१ को सेटमा जित हात पारेको हो ।

त्यस्तै महिलातर्फ नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–० ले पराजित गर्दै थप ३ अंक जोडेको छ । पुलिसले एक तर्फी खेलमा आर्मीलाई २५–१८, २५–१२, २५–१८ ले पराजित गरेको हो ।

सोमाबार नै एको प्रतियोगिताको महिलातर्फको अर्को खेलमा एपिएफले गण्डकी प्रदेश भलिबल क्लबलाई २५–१२, २५–८, २५–८ को सोझो सेटमा पराजित गरेको छ । यस्तै सोमबार नै सम्पन्न महिला तर्फको अर्को खेलमा होङ्गवान्जी न्यु डायमन्ड क्लबले एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । डायमन्डले २५–१७, २५–१२, २५–१२ को जित निकालेको हो ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ७ : २९ बजे

सन्दीपको रवाफमा कतारविरूद्ध नेपालको रोमाञ्च जित

मस्कट- ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको

विपिनसहित चार जनाको कफिन आईडीएफले रेडक्रसबाट बुझ्यो, परीक्षण गर्न तेलअभिभ लगिँदै

काठमाडाैं । इजिप्टमा गाजासम्बन्धी शिखर सम्मेलनमा इजरायलि प्रधानमन्त्री बेन्जामिन नेतन्याहू

रोहितको अर्धशतकमा नेपालले कतारलाई दियो १४७ रनको लक्ष्य

ओमान – कप्तान रोहित पौडेलको शानदार अर्धशतकको मदतमा नेपालले कतारलाई

चलेन आदिलको ब्याट, दुई रन बनाएर आउट

काठमाडौं – कतारविरुद्धको खेलमा प्लेइङ–११ मा परेका आदिल आलमले मात्र

मंसिरभित्रै पार्टीको १५ औँ महाधिवेशन गर्न कांग्रेस नेताहरूको माग

काठमाडौं – नेपाली कांग्रेसका युवा नेताहरूले आगामी मङ्सिर मसान्तभित्र पार्टीको