आज २०८० साल साउन २५ गते बिहीबारको राशिफल | Khabarhub Khabarhub

आज २०८० साल साउन २५ गते बिहीबारको राशिफल


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


25.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल साउन २५ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। आजको फलादेश:

मेष : शिक्षा, स्वास्थ्य, सामाजिक, राजनीतिक क्षेत्रहरु यथावत रहेका छन्। आफन्तबाट सहयोग मिल्नेछ।

वृष : दिन सामान्य राम्रो छ। बोल्दा ख्याल गर्नुहोला, आफ्नै बोलीले समस्यामा पर्ने योग रहेको छ। शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। व्यापार व्यवसायमा सकारात्मक प्रभाव छ।

मिथुन : आर्थिक, सामाजिक, क्षेत्रमा यथावत रहेपनि वैदेशिक क्षेत्रमा उल्लेखनीय नतिजा हात लाग्नेछ। मित्रबाट घात हुने सम्भावना छ।

कर्कट : आर्थिक, सामाजिक, धार्मिक क्षेत्रमा उतारचढाव आउँनेछ। शिक्षाको क्षेत्रमा आलस्य बढ्नेछ। वैदेशिक रोजगारमा गरेको श्रम लगानीबाट राम्रो उन्नती हुनेछ। राजनीतिमा राम्रो पकड रहला।

सिंह : मानसिक रुपमा उमङ् रहने योग छ। परिवारबाट सहयोग मिल्नेछ। चरा, पन्छीलाई अन्न दिएर गरेको कामबाट लाभ मिल्नेछ। व्यापार व्यवसायमा फाइदा मिल्नेछ।

कन्या : सम्पत्ति आर्जन हुने दिन छ। स्वास्थ्य, शिक्षा, रोजगारमा आफू अनुकुल छ। राजनीतिमा भने जोगिएर काम गर्नुपर्ने छ। मन खिन्न हुनेछ।

तुला : आर्थिक कठिनाइ भएपनि शिक्षाको क्षेत्रमा सहयोग मिल्नेछ। दीर्घकालीन कामको सुरुवात गर्दा फाइदाजनक हुनेछ।

वृश्चिक : बोलीका कारण शत्रु बढ्नेछ। शान्त रहेर बस्नु फाइदाजनक छ। धार्मिक क्षेत्रमा मन बढ्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा मिल्ने योग रहेको छ।

धनु : प्रशंसा बढ्नेछ। अरु क्षेत्रमा यथावत रहेपनि शिक्षाको क्षेत्रमा दायरा फराकिलो हुनेछ। सामाजिक, स्वास्थ्य, राजनीति, पारिवारिक क्षेत्र यथावत रहेको छ। लगानी भने नगर्नु उचित देखिन्छ। धार्मिक क्षेत्रमा रुची बढ्नेछ।

मकर : दीर्घकालीन योजना नबनाएको राम्रो। आज ठूलो नाफा गर्न सकिँदैन भने अरु कार्यमा सामान्य छ। मातापिताको आशिर्वाद लिएर दिनको सुरुवात गर्नुहोला।

कुम्भ : शिक्षा, स्वास्थ्य, क्षेत्रमा धेरै राम्रो छ। तपाईले गरेको श्रम लगानीबाट फाइदा हुने सम्भावना छ। सामाजिक, राजनीतिक क्षेत्रहरु सामान्य रहेपनि स्वास्थ्यमा धेरै सुधार हुनेछ।

मीन : शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट धेरै राम्रो हुने योग रहेको छ। जोश जागर बढ्नेछ। परीक्षा दिँदै हुनुहुन्छ भने नतिजा राम्रो मिल्ने छ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  ५ : १३ बजे

माइकल ज्याक्सनको जीवनी फिल्म ‘माइकल’को ट्रेलर सार्वजनिक

काठमाडौं– हलिउड पप संगीतका महानायक माइकल ज्याक्सनको जीवन र करियरमा

कीर्तिपुरका किसानलाई धान सुकाउने चटारो (तस्बिरहरू)

काठमाडौं– कीर्तिपुरका किसानहरूलाई अहिले धान सुकाउने चटारो परेको छ । जेठको अन्तिम

भारतद्वारा सन् २०२७ का लागि डिजिटल जनगणनाको तयारी सुरु

नयाँ दिल्ली– भारत सरकारले सन् २०२७ मा आयोजना गर्न लागिएको

फागुन २१ को चुनावमा बहुमत ल्याउने रास्वपाको योजना अर्याल भन्छन् : योग्य नेतृत्व भए सम्भव छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो मुख्य अर्जुनदृष्टि फागुन २१ को

प्रधानमन्त्रीले केही नेतासँग संवाद गर्न अनिच्छा देखाउँदा दूरी बढ्ने चिन्ता छ : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको विस्तारित बैठक चितवनको सौराहमा जारी छ।