फिल्म 'डन ३’ मा डन बन्दैछन् रणवीर सिंह | Khabarhub Khabarhub

फिल्म ‘डन ३’ मा डन बन्दैछन् रणवीर सिंह


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फरहान अख्तरको निर्देशनमा बन्ने फिल्म ‘डन ३’ को औपचारिक निर्माण घोषणा गरिएको छ। 

निर्माण टिमले एक भिडियो सार्वजनिक गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरेका हुन्। सार्वजनिक भिडियोमा रणवीर सिंहलाई डनको रूपमा प्रस्तुत गरिएको छ। रितेश शिधवानी र फरहान अख्तरले निर्माण गर्न लागेको फिल्म २०२५ मा रिलिज हुनेछ। 

शाहरूख खानको स्थानमा रणवीर सिंह अनुबन्धित भएसँगै शाहरूखका फ्यान निराश भएका छन्। रणवीरले शाहरूखको जस्तो अभिनय गर्न नसक्ने उनीहरूको तर्क छ। 

सन् १९७८ मा अमिताभ बच्चनले डनको शीर्ष भूमिका निभाएका थिए । त्यसमा उनको भूमिकालाई दर्शकले निकै रुचाए । 

निर्देशक फरहान अख्तरले सन् २००६ र २०११ मा शाहरुख खान स्टारर ‘डन’का दुई शृंखला रिलिज गरे । यी दुवै फिल्मले बक्स अफिसमा उत्कृष्ट कमाइ गरे ।

(स्रोत- एनआई)

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  १२ : ३९ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ