नेपाल युवा परिषद्द्वारा ३ दिवसीय आवासीय राष्ट्रिय युवा सम्मेलन | Khabarhub Khabarhub

नेपाल युवा परिषद्द्वारा ३ दिवसीय आवासीय राष्ट्रिय युवा सम्मेलन


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नेपाल युवा परिषद्ले अन्तर्राष्ट्रिय युवा दिवसको उपलक्ष्यमा काठमाडौँमा ३ दिवसीय आवासीय राष्ट्रिय युवा सम्मेलन आयोजना गर्ने भएको छ । आज प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सम्मेलनको उद्घाटन गर्ने छन् । भोलि उपसभामुख इन्दिरा रानामगरले सम्मेलनको समापन गर्ने कार्यक्रम तय भएको छ । 

 त्यस्तै, सम्मेलनमा राज्यका उच्च पदस्थ राजनीतिज्ञ, युवा संसद्, लब्दप्रतिष्ठित उद्यमी, युवा अभियन्तालगायतको व्यक्तित्वले विभिन्न विषयवस्तुमा युवाको भूमिका र सरोकारमा आधारित सम्बोधन गर्ने छन्  ।

 बानेश्वरमा अवस्थित ग्लोवल कलेज अफ म्यानजमेन्टको सभा हलमा  आयोजना गरिने उक्त सम्मेलनमा संयुक्त राष्ट्र संघले यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा तय गरेको ‘ युवाका लागि हरित दक्षता  ः दिगो भविष्यतर्फको यात्रा ‘ भनी  नाराका साथ नेपाल युवा परिषदले सम्मेलन गर्न लागेको हो । 

 सम्मेलनमा मुख्य गरी युवाको लागि दिगो विकास लक्ष्यहरू, जलवायु परिवर्तनको लागि पहल , लैंगिक समानता, युवा उद्यमशीलता, निर्वाचनमा युवा र  सुशासन गरी ६  वटा प्रमुख   पक्षहरुमा विषयविज्ञहरुको  प्रस्तुति तथा सहभागीहरूद्धारा अन्तरक्रिया र गहन छलफल गरिने छ । 

सम्मेलनमा देशभरका ७७ वटै जिल्लाबाट १ जना पुरुष र १ जना महिला गरी १५४ जना र विशिष्ट लैङ्गिक अभिमुखिकरण तथा विशिष्ट क्षमता भएका ६६ जना युवाहरु गरी जम्मा २२० जनाले सहभागिता जनाउने छन् । 

नेपाल युवा परिषदले सन् २०१५ देखि निरन्तर अविचलित देशभरका सक्रिय, होनहार  तथा सचेष्ट युवाहरूलाई काठमाडौंमा ल्याएर युवाको सम्बन्धमा विभिन्न उपलब्धिमूलक  कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गर्दै आएको छ । 

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  २ : ३७ बजे

आज शनिबार, शनिदेवलाई खुसी पार्नुहोस्

काठमाडौं – आज शनिबार, शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा

आज २०८० साल असोज १३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८० साल असोज १३ गते शनिबार। ज्योतिष

‘दक्षिण एसियामा आफ्नो राजनीतिक प्रभाव जमाउन पाकिस्तानले आतंककारी संगठनको प्रयोग गर्‍यो’

जेनेभा- पाकिस्तानले दक्षिण एसियामा आफ्नो राजनीतिक प्रभाव विस्तारका लागि भाडाका

बाल सुधारगृहबाट दुई बालकैदी फरार

वीरगन्ज – वीरगन्जस्थित बाल सुधारगृहबाट आज दुई बाल कैदीबन्दी फरार

अरनिको बसपार्क नभत्काउन आदेश

काठमाडौँ – उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिका–३२ स्थित जडीबुटीमा रहेको