बागलुङ र जैमिनी नगरपालिकाका सबै वडामा मेलमिलाप केन्द्र | Khabarhub Khabarhub

बागलुङ र जैमिनी नगरपालिकाका सबै वडामा मेलमिलाप केन्द्र


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गलकोट– जिल्लाको बागलुङ र जैमिनी नगरपालिकाका सबै वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । बागलुङका १४ र जैमिनी नगरपालिकाका १० वडामा  मेलमिलाप केन्द्र स्थापना गरिएको हो ।

केन्द्र स्थापनासँगै वडातहमै सामान्य घरायसी मुद्दा, अंशबन्डा र कानुनी सल्लाह पाइने भएको छ । न्यायिक समितिको प्रभावकारी कामका लागि वडास्तरमा केन्द्र स्थापना गरिएको बागलुङ नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक राजु खड्काले जानकारी दिए। उनका अनुसार पालिकाअन्तर्गत न्यायिक समितिले ८५ जना मेलमिलाप कर्ता तयार गरी केन्द्र स्थापना गरेको हो ।

वडा नं १ बाट केन्द्र स्थापनाको अभियान सुरु गरी ११ वडाको रायडाँडामा पुगेर सम्पन्न भएको खड्काको भनाइ थियो । यससँगै नगरका १४ वटै वडामा मेलमिलाप केन्द्र स्थापना भएका छन् । नगरका सबै वडामा केन्द्र स्थापना भएसँगै सञ्चालनसम्बन्धी कार्यविधिको तयारी, कार्यालय व्यवस्थापन, मेलमिलापकर्ताका लागि पुनर्ताजगी तालिम र स्रोतसाधनको आवश्यक व्यवस्था मिलाउने काम अघि बढाइने खड्काले जानकारी दिए। 

वडाको विवाद वडामै समाधान गर्ने उद्देश्यले मेलमिलाप केन्द्र स्थापना गरिएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए । स–साना विवाद अब वडातहबाटै समाधान हुने उनको भनाइ थियो । न्याय निरुपणका लागि सहज होस् भनेर नगरपालिकाअन्तर्गत न्यायिक समितिको पहलमा केन्द्र स्थापना गरिएको उनले बताए। 

स्थानीय सरकार गठन भइसकेपछि नागरिकले घरदैलोबाट सेवा पाउनुपर्ने अधिकारलाई सुनिश्चित गरिएको भन्दै केन्द्रमा सूचीकृत मेलमिलापकर्ताले विवादको समाधान गराउने उपप्रमुख शर्माले बताए । उनका अनुसार सामान्य विवादलाई वडामा नै मेलमिलाप गराउने र मेलमिलापमा नगएमा न्यायिक समितिमा छलफल गराउने कानुनी व्यवस्था छ । 

उपप्रमुख शर्माले मेलमिलापकर्ताले दुवै पक्षलाई न्याय हुनेगरि मेलमिलाप गराउने भन्दै यस कार्यमा पूर्ण रुपमा गोपनीयता कायम हुने जनाए। उनले नियमानुसार मेलमिलाप गराउने भएकाले समस्या आएमा केन्द्रमा निवेदन दिन आग्रहसमेत गरे ।   

मेलमिलापसम्बन्धी तालिम लिएका मेलमिलापकर्तालाई सूचिकृत गराउने र वडामा आएका विवादलाई समाधानको तयारी पनि पालिकाले गरिरहेका छन् । प्रत्येक वडामा तीन जना मेलमिलापकर्तालाई तालिम उपलब्ध गराइएको जैमिनी नगरपालिकाले जनाएको छ ।

 केन्द्र स्थापनासँगै आवश्यक सामग्री समेत हस्तान्तरण गरिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  ३ : १९ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः