कुवेतमा दुई नेपाली महिला कामदारको मृत्यु  « Khabarhub

कुवेतमा दुई नेपाली महिला कामदारको मृत्यु 


२५ श्रावण २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.1k
Shares
  • change font
  • change font
  • change font

दोहा– रोजगारीका लागि कुवेत पुगेका दुई नेपाली महिला कामदारको मृत्यु भएको छ । घरेलु कामदारको रुपमा कुवेत पुगेका मकवानपुर हेटौंडा पदमपोखरीका मायादेवी थिङ र चितवन भरतपुरका दिलकुमारी तामाङको मृत्यु भएको हो ।

त्यहाँको आदान अस्पतालमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको बताईएको छ । मालिकको घरबाट भागेर गैरकानुनी रुपमा काम गर्दै आएका उनीहरु बिरामी भएर करिव एक महिनादेखि आदान अस्पताल पुगेका थिए।

उनीहरूको उपचारको क्रममा मृत्‍यु भएको नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष नारायण घलानले जानकारी दिए । मृतक मायादेवी ७ महिनासम्म मृतकको साथमा केही कागज पत्र नभएको, कसले र कसरी अस्पतालसम्म पुर्‍याइदिएको भन्ने केही खुल्न सकेको छैन् ।  

चितवनकी दिलकुमारीको भने मृत्युको कारण अझै खुल्न नसकेको बताईएको छ । मृतकहरूको बारेमा त्यहाँस्थित नेपाली दूतावासले भने जानकारी आई नसकेको जनाएको छ । जानकारी आउने बित्तिकै आवश्यक कानुनी प्रक्रिया पूरा गरेर मृतकका शव नेपाल पठाइने जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ३ : ४८ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट