दाहाल यज्ञनिधि पुरस्कार निनु चापागाइँलाई प्रदान | Khabarhub Khabarhub

दाहाल यज्ञनिधि पुरस्कार निनु चापागाइँलाई प्रदान


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साहित्यकार तथा सञ्चारकर्मी ‘जदौ’ दाहाल यज्ञनिधिको नाममा स्थापना भएको पुरस्कार साहित्यकार निनु चापागाइँलाई प्रदान गरिएको छ। दाहाल यज्ञनिधिको पाँचौ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि इतिहासकार ज्ञानमणि नेपालले एक लाख ५० हजार राशिको पुरस्कार साहित्यकार चापागाइँलाई प्रदान गरेका हुन्। 

सोही अवसरमा दाहाल यज्ञनिधि बालप्रतिभा पुरस्कारबाट तीन जना छात्रछात्रा सम्मानित भएका छन्। दरबार हाइस्कुलकाे कक्षा ८ मा उर्तिण हुँदा नेपाली विषयमा सबैभन्दा बढी जीपीए ल्याउने छात्रतर्फ निखिलकुमार साह ९३.८०० र छात्रतर्फ समान लुनिभा कार्की ९३.३३० सम्मानित भएका हुन्। २० हजार राशिको यो पुरस्कार संयुक्त रुपमा प्रदान गरिएको हो। 

बिहीबार दाहाल यज्ञनिधिको व्यक्तित्व र कृतित्व केन्द्रित अन्तरक्रिया सम्पन्न भएको थियो। अन्तरक्रियामा प्रा.डा. बद्रीविशाल भट्टराई, प्रमोद प्रधान, डा। रमेश शुभेच्छु र दिनेश लुइटेलले कार्यपत्र प्रस्तुत गरे।  कार्यक्रममा गायिका लोचन भट्टराईले दाहाल यज्ञनिधिको गीत गाइन भने देवकुमारी लुइटेलले कविता वाचन गरिन्। 

सदनका अध्यक्ष सुधा दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार प्रा.डा. माधव पोखरेल, डा. विष्णु राई, प्रल्हाद पोखरेल, पत्रकार पुरुषोत्तम दाहालगायत नेपाली साहित्य र कला क्षेत्रका विशिष्ट व्यक्तित्वको सहभागिता थियो।

 ‘दाहाल यज्ञनिधि सुधा सदन’ नाममा ५१ लाख रूपैयाँको अक्षयकोषमा राखिएको छ।  अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट हरेक वर्ष एक जना विशिष्ट व्यक्तित्वलाई सम्मान गरिँदै आएको छ। बालप्रतिभाका रुपमा दुई प्रतिभालाई सम्मान गरिँदै आएको छ।

वि.सं. २०१० साल साउन ८ गते खोटाङमा जन्मिएका नेपाली साहित्य र पत्रकारिता क्षेत्रका विशिष्ट प्रतिभा दाहाल यज्ञनिधिको २०७५ साउन २५ गते निधन भएको थियो। उनका ।‘जदौका निबन्ध’ (२०६९), जदौका ३४ निबन्ध (२०७६), खुला आकाश, गीति एल्बम (२०७६),  दाहाल यज्ञनिधिका कविता (२०७८), जदौ (२०७६) जीवनी र व्यक्तित्व केन्द्रित कृति प्रकाशित छन्।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  ७ : ०६ बजे

तीन जना मन्त्री पुगे संसद् भवन निरीक्षणमा (तस्बिरहरू)

काठमाडौं– संघीय संसद्का दुई सदनको बैठक अब नयाँ बानेश्वरको संसद्

गत वर्ष विश्वभर १ सय ४६ जना भूमि तथा वातावरण रक्षकको मृत्यु

काठमाडौं- सन् २०२४ मा विश्वभर १४६ जना भूमि र वातावरण

खण्डहर बनेको संसद् भवन पुगे तीन मन्त्री (तस्बिरहरू)

काठमाडौँ- जेन-जी आन्दोलनकारीका नाममा गत भदौ २४ गते जलाइएको नयाँ

बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौँले बिना बिलबिजकको सामान किनबेच नगर्न

जेन-जी आन्दोलनमा राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकबाट पाँच करोड नगद र १८ किलो