बागमती प्रदेशमा लम्पी स्किनविरुद्ध सप्ताहव्यापी खोप अभियान सुरु | Khabarhub Khabarhub

बागमती प्रदेशमा लम्पी स्किनविरुद्ध सप्ताहव्यापी खोप अभियान सुरु


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बागमती प्रदेशमा गाईर्भैँसीमा तीव्ररूपमा फैलिएको लम्पी स्किन रोगविरुद्धको सप्ताहव्यापी खोप अभियान आजदेखि सुरु भएको प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशमा तीव्ररूपमा फैलिएको लम्पी स्किन रोगको नियन्त्रण तथा रोकथामका लागि उक्त अभियान नै सञ्चालन गरेर प्रदेशको ९१ वटा स्थानीय तहमा आजदेखि एकैपटक खोप लगाउने कार्य सुरु गरेको मन्त्रालयका पशु डा शरण पाण्डेले बताए ।

उनका अनुसार प्रदेशका १३ जिल्लाका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट बिहीबारदेखि एकैपटक खोप अभियान सुरु गरिएको हो । मन्त्रालयले प्रदेशका १३ जिल्लाका ५० हजार गाईभैँसीमा लम्पी स्किन रोगविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ ।

मन्त्रालयले खोप अभियान सञ्चालनका लागि सम्बन्धित जिल्लाको विज्ञ केन्द्रमार्फत एक सय ४६ जना भ्याक्सिनेटर नियुक्त गरेको छ । उक्त अभियानका लागि ४८ हजार पाँच सय ५० डोज खोपको सुनिश्चितता भएको डा पाण्डेले बताए ।

मन्त्रालयले भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र ललितपुरको १६ स्थानीय तहका लागि २४ जना भ्याक्सिनेटर र छ हजार तीन सय खोप, भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मकवानपुरको १० स्थानीय तहका लागि १९ जना भ्याक्सिनेटर र सात हजार डोज खोप, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र नुवाकोटको १७ स्थानीय तहका लागि १७ जना भ्याक्सिनेटर र छ हजार डोज खोप र भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धादिङको पाँच स्थानीय तहका लागि २६ जना भ्याक्सिनेटर र पाँच हजार दुई सय ५० डोज खोप उपलब्ध गराइएको छ ।

यसैगरी भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र चितवनको सात स्थानीय तहका लागि १४ जना भ्याक्सिनेटर र सात हजार पाँच सय डोज खोप, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र दोलखाको १३ स्थानीय तहका लागि १३ जना भ्याक्सिनेटर र चार हजार पाँच सय डोज खोप, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र काभ्रेको छ स्थानीय तहका लागि १२ भ्याक्सिनेटर र छ हजार पाँच सय डोज खोप र भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र सिन्धुलीका १७ स्थानीय तहका लागि २१ भ्याक्सिनेटर पाँच हजार पाँच सय डोज खोप उपलब्ध गराइएको छ ।

प्रदेशमा हालसम्म उक्त सङ्क्रमणबाट छ हजार दुई सय ९१ गाईभैँसीको मृत्यु भएको छ भने एक लाख १० हजार चार सय ४० सङ्क्रमित भएका छन् । रोगबाट १३ जिल्लाका दुई लाख चार हजार नौ सय ८८ पशु प्रभावित भएको डा पाण्डेले बताए ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  १० : ५१ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित