के हो जनरल सर्जरी ? « Khabarhub

के हो जनरल सर्जरी ?


२४ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

नेपालमा अस्पताल र स्वास्थ्यकर्मीको संख्या बढे पनि समयमा सबै ठाउँमा समान खालको उपचार सेवा सुविधा दिन सकेको छैन । हरेक कुरा सहर केन्द्रित भएका छन् । पछिल्लो समय उपचार सेवालाई साधारण शल्यक्रिया (जनरल सर्जरी)ले पनि थप टेवा दिएको छ। जसको कारण सामान्य शल्यक्रियाबाट ठूलो समस्याको समाधान हुने गरेको छ। साधारण शल्यक्रिया कस्तो उपचार हो ? यो कसरी हुन्छ ? शल्यक्रियाका लागि नेपालमा कस्तोकस्तो प्रविधि प्रयोग हुन्छ ? लगायतका विषयमा आधारित रहेर खबरहबका लागि जनरल सर्जन डा. सुनिल श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश :

जनरल सर्जरी कस्तो उपचार हो ?
यो एउटा उपचार विधि हो। साधारण शल्यक्रिया भन्नाले बहिरी भागमा हुने घाउ, चोटपटक, ठेउला, सानो तिनो ट्युमरको उपचार भनेर बुझ्न सकिन्छ । जनरल सर्जनमा जुन तालिम हुन्छ । त्यसमा टाउकोमा आएको गाँठागुठी ठेउला, बाहिरी भागमा आएका ठेउलाको पनि शल्यचिकित्सा विधिबाट उपचार गरिन्छ । घाँटीमा आएको गलगाँड, पेटको एपेन्डिसाइटिस, आन्द्रामा प्वाल भएको, हर्निया र खुट्टामा भएका सानोतिनो घाउको पनि सामान्य शल्यक्रिया विधिबाट उपचार गरिन्छ।

हरेक अस्पतालमा सबै क्षेत्रका विज्ञ चिकित्सक नहुँदा जनरल सर्जन गर्दा के कुरामा ध्यान दिनुपर्छ ?
त्यस्तो अवस्थामा जनरल सर्जनले कम्तीमा पनि गर्नसक्ने चिजहरू गरेर रिफर गर्न सक्नुपर्छ । कुनै बिरामीलाई पेट पोल्यो, उसको आन्द्रामा प्वाल परेको छ भने उपचार गर्नसक्ने अवस्था हुन्छ। त्यस्तो केशमा पनि अलि दुर्गम ठाउँ नै छ र बिरामीको अवस्था गम्भीर छ भने त्यो बेला अत्यावश्यक सुविधा दिनुपर्छ ।

जनरल सर्जरी गरेपछि कस्तो अवस्थामा ठुलो समस्या आउने हो ?
जनरल सर्जरी भनेको एक प्रकारले चिरफार गर्ने हो । त्यसमा केही केही समस्या आउन सक्छ। त्यसैले हामीले पहिला नै बिरामीलाई सचेत बनाउँछौँ । सानो चिरफार भन्दा पनि त्यो चिरेको ठाउँमा केही न केही समस्या आउनसक्छ। शल्यक्रिया गरेपछि राम्ररी ख्याल गर्नुपर्छ । त्यसैले काउन्सिलिङको कमीले गर्दा त्यस्तो समस्या आउँछ।

जनरल सर्जरी गर्दा बिरामीले ध्यान दिनुपर्ने कुरा के के हुन् ?
जनरल सर्जरी गर्दा बिरामीले सबै भन्दा पहिला आफूलाई अप्रेसन गर्ने डाक्टर कस्तो हो ? उसमा कत्तिको तालिम छ भनेर बुझ्नुपर्छ । कुनै डाक्टरले आज पास गरेर भोलि नै ठुलो अप्रेसन गर्नु हुँदैन। अप्रेसन गर्दा सानोबाट सुरु गर्नु पर्दछ। पास गरेपछि पनि उसले कम्तीमा दुई वर्ष जति त आफ्नो सिनियरको अण्डरमा काम गर्नु पर्दछ। बिरामीलाई के गर्न लागेको, कतिको समस्या उपचार हुन्छ भनेर बुझाउन सक्नुपर्छ ।

जनरल सर्जरी व्यक्ति अनुसार फरक हुने हो ?
व्यक्ति अनुसार फरकफरक सर्जरी हुन्छ। जनरल सर्जनले आफ्नो सीमा के हो र उसको अनुभव के छ त्यसको आधारमा काम गर्छन्। आज भन्दा पहिला जनरल सर्जनले सबै सर्जरी गर्दथ्यो । तर अहिले रोग अनुसारको सर्जनले काम गर्छन् । जुन कुरा आफूले गर्न नसकिने खालको छ भने रेफर गर्न सक्छन् । अहिले ल्याप्रोस्कोपी सर्जन जनरल सर्जनले पनि गरिरहेको हुन्छ। सकिन्छ भने गर्न पाउनु पर्दछ। त्यस्तै, हर्निया सर्जरी चिरेर पनि गरिन्छ र ल्याप्रोस्कोपी प्रविधिबाट पनि गरिन्छ। यो सबैमा तालिम प्राप्त जनरल सर्जनले गर्दा हुन्छ ।

शल्यक्रियाका लागि नेपालमा कस्तो-कस्तो प्रविधि प्रयोग हुन्छ ?
पछिल्लो समय सजिलो र अत्यधिक प्रविधिको विकास भएको छ । उदाहरणको लागि मिर्गौला सम्बन्धी अप्रेसनमा हामीले पास गरेर आउँदा सबै चिरेर गरिन्थ्यो । त्यो बेला इन्डो युरोलोजी जुन तलैबाट पाइप पठाएर पत्थरीको अप्रेसन गर्न समस्या थियो । तर आज आएर सबै तलबाटै क्यामेरा पठाएर गरिन्छ। मेडिकल साइन्समा यो राम्रो उपलब्धि हो।

सर्जिकल समस्या भएका बिरामीले के कुरामा ध्यान दिने ?
सर्जिकल समस्या देखिएमा बिरामीले सबै भन्दा पहिला आफ्नो स्वास्थ्य उपचारको लागि अनुभवी चिकित्सकलाई देखाउनुपर्छ। स्वास्थ्यमा कुनै समस्या भयो भनेर आफैले जाँच नै नगरी मेडिकलबाट औषधि किनेर खानु हुँदैन । कसैले लक्षणका आधारमा यो औषधि खानु भन्यो भने उपचारको नाममा कसैको हल्लाका पछाडि लाग्ने काम गर्नु हुँदैन।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ७ : ०० बजे

प्रधानमन्त्रीलाई रक्षा बमको प्रश्न- राष्ट्रलाई सम्बोधन कहिले ?

 काठमाडौं– जेन-जी अभियन्ता रक्षा बमले प्रधानमन्त्री वालेन्द्र शाहलाई संसद्‌मा सम्बोधन गर्न आग्रह

ट्राफिकसँग रहेका नौ हजार सक्कली कागजपत्र लिन कोही आएनन्

चितवन– जिल्ला ट्राफिक कार्यालयले जाँचका क्रममा नियन्त्रणमा लिइएको सवारीचालक अनुमतिपत्रसहितका

दोस्रो आर्थिक गणना सुरु 

काठमाडौं– राष्ट्रिय आर्थिक गणना अन्तर्गत स्थलगत तथ्याङ्क सङ्कलन कार्य देशैभर

अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइयो

महेन्द्रनगर– अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा यहाँस्थित सशस्त्र प्रहरी बल वैद्यनाथ

सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन

नवलपरासी– पश्चिम नवलपरासीको जिल्ला प्रशासन कार्यालयले आजदेखि आफ्नै भवनबाट सेवा दिन