समाजवादी मोर्चाको बाग्मती प्रदेशको सन्देशसभा आज हेटौँडामा | Khabarhub Khabarhub

समाजवादी मोर्चाको बाग्मती प्रदेशको सन्देशसभा आज हेटौँडामा


२४ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– चार दल सम्मिलित समाजवादी मोर्चाले आज बागमती प्रदेश अन्तर्गत हेटौँडामा सन्देशसभा आयोजना गर्ने भएको छ ।

मुलुकका ७ वटै प्रदेशमा सन्देशसभा गर्ने मोर्चाको निर्णयअनुसार आज हेटौँडामा सभा आयोजना गर्न लागिएको हो । सो सन्देशसभा हेटौँडा–४ स्थित रोयल पार्टी प्यालेसमा दिउँसो २ बजे सुरु हुने जनाइएको छ ।

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दलगायतले उक्त सभालाई सम्बोधन गर्नेछन् ।

मोर्चाले सुदूरपश्चिम प्रदेशबाहेक अन्य प्रदेशमा सन्देशसभा सम्पन्न गरिसकेको छ ।  

मोर्चामा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी छन् । 

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ६ : ३१ बजे

ट्राफिकको यान्त्रिक चेकिङ्गमा ५३ जना चालकमाथि कारबाही

भक्तपुर – भक्तपुरको ठुलोवेशीमा बुधबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक

दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी

काठमाडौं – एक गिरोहले दुबई र कुवेतमा सम्पर्क कार्यालय खोली

पेट्रोल र डिजेलको मूल्य घट्यो (सूचीसहित)

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

‘पुजार सार्की’ जो हुन्, ‘कास्कीकोटका अधिकारी ठूलाबा’

काठमाडौं– म्युजिक भिडियो निर्देशनमा कहलिएको नाम हो, विकास सुवेदी ।

बाँकेमा रासायनिक मलको अभाव

नेपालगञ्ज – मागअनुसारको मल नपाउँदा स्थानीय किसानले भारतीय बजारबाट रासायनिक