कांग्रेसले आजदेखि बीपी साहित्य महोत्सव गर्दै | Khabarhub Khabarhub

कांग्रेसले आजदेखि बीपी साहित्य महोत्सव गर्दै


२४ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विशेश्वरप्रसाद कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा आजदेखि तीन दिनसम्म बीपी साहित्य महोत्सव, २०८० आयोजना गर्दैछ ।

महोत्सवको सम्पूर्ण तयारी पूरा भएको र आज बिहान ९ः०० बजे महोत्सवको उद्घाटन हुने कांग्रेसले जनाएको छ । महोत्सवको उद्घाटन कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम छ । 

महामानव बीपी कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजना, नेपाली लेखक सङ्घको संयोजन एवं नेपाल सांस्कृतिक महासङ्घ र फाइनआर्टको सहयोगमा यही भदौ २६ गतेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा ‘बीपी साहित्य महोत्सव’ हुन लागेको हो ।

कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २ देखि १० गतेसम्म भएको बैठकले ११०औँ विपी जन्मजयन्तीका अवसरमा विपी साहित्य महोत्सव आयोजना गर्ने निर्णय गरेको थियो । कांग्रेसले कोइरालाको जन्मदिन भदौ २४ गतेलाई हरेक वर्ष विपी जन्मजयन्तीका रूपमा मनाउँदै आएको छ ।

राष्ट्रियता, लोकतन्त्र र समाजवादका क्षेत्रमा कोइरालाले पुर्‍याएको अतुलनीय योगदान नेपाली राजनीतिक इतिहासमा अजर र अमर रहेको छ । आजको राजनीतिक परिवेशमा समेत बीपी विचारको महत्व उत्तिकै सान्दर्भिक छ । विशेश्वरप्रसाद कोइरालाका नामले नेपाली साहित्याकाशमा पनि उनी शीर्षस्थानमा छन् ।

तीन दिनसम्म चल्ने महोत्सवमा कविता साँझ, गजल साँझ, साङ्गीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, ऐतिहासिक फोटो प्रदर्शनीलगायत कार्यक्रम हुने कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए । 

पहिलो दिन आज बिहान ‘हाइज्याकिङ फर डेमोक्र्यासी’ वृत्तचित्र प्रदर्शनका साथ महोत्सव सुरु हुनेछ । त्यसपछि बीपीको साहित्य सिर्जना र जीवन दर्शन विषयमा अभि सुवेदीले सम्भाषण दिनेछन् ।

बीपीका दृष्टिमा बीपी, बीपीका आख्यानमा मनोविश्लेषण, साहित्यमा पर्यावरण, नेपालको मातृभाषा साहित्य शीर्षकका आख्यान र साहित्यमा अलग–अलग सत्र सञ्चालन हुने पार्टी कार्यालयले जनाएको छ । पहिलो दिनको अन्तिममा २० कविबाट कविता साँझको आयोजना गरिने छ ।

दोस्रो दिन भदौ २५ गते बिहान वीर गणेशमान चलचित्र प्रदर्शन गरी महोत्सवको सुरुआत गरिनेछ । माक्र्स, गान्धी र बीपी, आजको लोकतान्त्रिक समाजावादको खोज विषयमा आनन्द कुमारले सम्भाषण दिने छन् । 

त्यसपछि बीपीले नपाएका १५ वर्ष, बीपीका आख्यानमा मधेस, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा विपी, युवा स्रष्टामा विपी पठन शीर्षकका आख्यान र साहित्यमा प्रवचन तथा छलफल हुनेछन् । दोस्रो दिनको अन्तमा ३० गजलकारबाट गजल साँझको आयोजना हुनेछ ।

तेस्रो दिन भदौ २६ गते बिहान तीन घुम्ती चलचित्र प्रदर्शनबाट महोत्सवको सुरुआत गरिने छ । त्यसपछि बीपीको समाजवादी परिकल्पनामा शिक्षा विषयमा केदारभक्त माथेमाले सम्भाषण दिनेछन् । 

त्यसपछि समावेशिता, सामाजिक रुपान्तरण र बीपी, समय र सबाल्र्टन, विपीका आख्यानमा नारी, परिवारले बुझेका विपी विषयमा अलग–अलग सत्र सञ्चालन हुनेछन् । अन्तिममा धन्यवाद ज्ञापन र साङ्गीतिक साँझसँगै महोत्सवको समापन गरिने पार्टी कार्यालयले जनाएको छ ।

पहिलोपटक आयोजना गर्न लागिएको यस महोत्सवमा कांग्रेसले सहभागिताका लागि प्राज्ञिक तथा विद्वान बुद्धिजीवी, अध्येता एवं राजनीतिका अतिरिक्त लेखन साहित्यमा रुचि राख्ने सम्पूर्णलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ७ : ५८ बजे

छविलाल जोशी र रामबहादुर खनालले पनि बुझाए धरौटी

काठमाडौं – सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वडीआइजी छविलाल जोशी र

गाउँगाउँमा नागरिक सुनुवाई गर्दै प्रहरी

अर्घाखाँची – अर्घाखाँचीस्थित जिल्ला प्रहरी कार्यालयले गाउँगाउँमा नागरिक सुनुवाई गरिरहेको

रवि लामिछाने ८४ दिनपछि प्रहरीको हिरासतबाट छुटे

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कास्की प्रहरीको

यस्तो छ रविलाई छाड्ने १३ पन्ने आदेश (पूर्णपाठ)

काठमाडौं– कास्की जिल्ला अदालतले रवि लामिछाने लगायतका प्रतिवादीहरुका सन्दर्भमा धरौटीमा