यूएस ओपन टेनिस महिलातर्फको उपाधि कोको गौफलाई « Khabarhub

यूएस ओपन टेनिस महिलातर्फको उपाधि कोको गौफलाई


२४ भदौ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यूएस ओपन टेनिसको महिलातर्फको उपाधि अमेरिकी खेलाडी कोको गौफले जितेकी छिन् ।

अमेरिकाको न्युयोर्कमा भएको फाइनल खेलमा बेलारुसकी अरिना साबालेन्कालाई हराउँदै गौफले पहिलो पटक ग्राण्डस्लाम जितेकी हुन् । गौफले खेल २–६, ६–३ र ६–२ ले जितिन् ।

सन् २०२२ को फ्रेन्च ओपनको फाइनलमा पराजित भएकी अमेरिकी युवा खेलाडी गौफले यूएस ओपन टेनिसमा सफलता हासिल गरेकी छिन् ।

यसैबीच, पुरुषतर्फ उपाधिको लागि नोभाक जोकोभिच र डेनियल मेदबेदेब भिड्दैछन् । सेमिफाइनलमा विश्व नम्बर एक स्पेनिस खेलाडी कार्लोस अल्कारेजलाई ३–१ को सेटमा हराउँदै मेदबेदेभ तथा अमेरिकी खेलाडी बेन शेल्टनलाई ३–० को सोझो सेटमा हराउँदै जोकोभिच फाइनलमा पुगेका हुन् ।

 

प्रकाशित मिति : २४ भदौ २०८०, आइतबार  ९ : ३६ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको