जी–२० को १८औँ शिखर सम्मेलनको घोषणापत्र जारी « Khabarhub

जी–२० को १८औँ शिखर सम्मेलनको घोषणापत्र जारी


२४ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको नयाँ दिल्लीमा हिजो सुरु भएको जी–२० को १८औँ शिखर सम्मेलनले ‘नयाँदिल्ली लिडर्स घोषणापत्र’ सार्वजनिक गरेको छ ।

सम्मेलनले भारत–मध्यपूर्व–युरोप आर्थिक करिडोर घोषणा गर्नुका साथै युक्रेन युद्ध र जलवायु परिवर्तन सम्बन्धि मत भिन्नतालाई थप नखोतल्ने गरी घोषणापत्र तयार भएको छ ।

घोषणापत्रमा युक्रेनले भोग्नु परेको पीडाप्रति सहानुभूति दर्शाउने तर, रुसको आलोचना नगर्ने नीति अख्तियार गरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत, मध्यपूर्व र युरोपलाई जोड्ने आर्थिक करिडोरको काम छिट्टै सुरु हुने बताएको बीबीसीले जनाएको छ ।

यसअन्तर्गत निर्माण हुने रेलवे मार्गबाट भारत र युरोपबीचको व्यापार सहज र छिटो हुने अपेक्षा छ ।

घोषणापत्रलाई रुसले सन्तुलित भनेको छ भने युक्रेनी विदेश मन्त्रालयका प्रवक्ता ओलेग निकोलेन्कोले घोषणापत्रमा कडा शब्दहरू समावेश नगरिएको भन्दै निराशा ब्यक्त गरेका छन् ।

 

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ९ : ५४ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका