माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँड « Khabarhub

माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँड


२४ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माण्डु हाइड्रोपावरको आईपीओ आज बाँडफाँड भएको छ । यसमा गोलाप्रथामार्फत १ लाख २० हजार ५३२ जना आवेदकहरुले १० कित्ताका दरले सेयर पाएका छन् ।

यो आईपीओमा कुल १० लाख १६ हजार ७१४ जनाले आवेदन दिएका थिए । जसमा १ लाख ४३ हजार ८७७ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी गराएको छ ।

योग्य ८ लाख ७२ हजार ८३७ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो । यस कम्पनीले भदौ १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि कुल १२ लाख ५ हजार ३२० कित्ता आईपीओ प्रिमियम भाउमा बिक्री गरेको थियो ।

फेस भ्याल्यू १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरले आइपीओ निष्कासन गरेको हो ।

लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन् । साथै, माण्डु हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आजईपीओ नतिजा हेर्न बनाएको वेबसाइटबाट पनि हेर्न सकिन्छ ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  १२ : ५९ बजे

भारतमा आगलागी, ७ जनाको मृत्यु

एजेन्सी– भारतको मध्य प्रदेशको एउटा घरमा बुधबार आगलागी हुँदा कम्तिमा

गाजामा इजरायली आक्रमण, हमासका कमाण्डर मारिएको दाबी

एजेन्सी – इजरायली सेनाले गाजामा गरिएको लक्षित आक्रमणमा हमासका एक

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक

शव बोकेर गएको हेलिकप्टर खोटाङमा दुर्घटना

खोटाङ- खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ । खोटाङको केपिलासगढी गाउँपालिका-२

विद्युतीय कार चार्जका क्रममा सल्किएको आगोले कम्तीमा ८ जनाको मृत्यु

नयाँदिल्ली- भारतको मध्येप्रदेशस्थित इन्दौर सहरमा विद्युतीय कार चार्ज गर्ने क्रममा