ललिता निवास प्रकरण : जवाफी बहस सकिए आजै थुनछेक आदेश « Khabarhub

ललिता निवास प्रकरण : जवाफी बहस सकिए आजै थुनछेक आदेश


२४ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ललिता निवासको जग्गा हिनामिना प्रकरणको थुनछेक बहस अन्तिम चरणमा पुगेको छ । काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार आज एक जना प्रतिवादीको बहस हुने र त्यसपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् ।

‘सरकारी वकिलको बहस आजै सकियो भने आजै थुनछेक आदेश आउँछ, नभए भोलि पुग्ला’, दाहालले भने ।

यसअघि शुक्रबार नै प्रहरी हिरासतमा रहेका १८ मध्ये १७ प्रतिवादीका तर्फबाट वकिलले बहस सकाएका थिए । तत्कालीन समरजङ्ग कम्पनीका कार्यालय प्रमुख लोकहरि घिमिरेका तर्फबाट बहस बाँकी थियो ।

आज घिमिरेका तर्फबाट वकिलले बहस गरेपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि थुनछेक आदेश आउनेछ ।

कसलाई थुनामा राख्ने, कसलाई धरौटीमा छाड्ने र कसलाई साधारण तारिखमा पठाउने भन्ने अदालतको निर्णय नै थुनछेक आदेश हो ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासमा बहस चलिरहेको छ । सरकारी लिखत कीर्ते अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालयले उक्त मुद्दामा ३१० जनाविरुद्ध अभियोजन दर्ता गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६० दिन लगाएर सङ्गठित अपराध कसुरमा घटनाको अनुसन्धान गरे पनि सरकारी वकिलले सङ्गठित अपराध कसुर आकर्षित नहुने भन्दै कीर्तेमा मुद्दा दर्ता गरेको हो ।

विसं २०४९ देखि २०६९ सम्ममा नक्कली मोही खडा गरेर ललिता निवासको एक सय ४३ रोपनी जग्गा व्यक्तिका नाममा ल्याइएको थियो ।

उक्त प्रहरणमा पूर्वमन्त्री, पूर्वसचिव बहालवाला सचिव, पूर्वकर्मचारी, नक्कली मोही, व्यवसायीलगायत विरुद्ध मुद्दा दर्ता भएको छ ।

आरोपीमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्री तथा पूर्वसचिवसमेत छन् ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  १ : २० बजे

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर– भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको

राष्ट्रिय महिला लिग आजदेखि, उद्घाटन खेलमा एनआरटी र संकटा खेल्ने

काठमाडौँ– शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ

चिकित्सकको त्रुटिविरुद्ध सर्वोच्चको आदेश- ‘पीडितको शारीरिक- मानसिक क्षति राज्यले भर्नुपर्छ’

काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा झण्डै २ दशकअघि भएको

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको

योग आशनसँगै रास्वपा प्रशिक्षणको दोस्रो दिनको सुरुवात

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदका