सुडानको राजधानी खार्तुममा हवाई हमला : तीस जना मारिए « Khabarhub

सुडानको राजधानी खार्तुममा हवाई हमला : तीस जना मारिए


२४ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

खार्तुम- सुडानको राजधानी खार्तुमको दक्षिणमा इलाकामा आइतबार भएको हवाई आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । घटनामा दर्जनौं घाइते भएको स्थानीय कार्यकर्ताहरूले बताएका छन् ।

सैन्य विमानले कुरो बजार क्षेत्रमा बमबारी गरेको प्रजातन्त्र समर्थक स्थानीय समितिले जनाएको छ । गत अप्रिल १५ मा अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्ससँग युद्ध सुरु भएपछि सरकारी सेनाले नागरिक इलाकाहरूमा समेत आक्रमण गर्दै आएको आरोप उक्त समितिले लगाएको छ ।

सेना प्रमुख अब्देल फताह अल बुर्हानका पूर्वसहायक मोहम्मद हमदान डग्लोले नेतृत्व गरेको र्‍यापिड सपोर्ट फोर्स र सुडानी सेनाबीचको युद्ध राजधानी खार्तुम, पश्चिमी क्षेत्र डाफुरदेखि कोर्डोफान र जाजिरा राज्यसम्म फैलिएको छ । युद्धमा परी हजारौँको मृत्यु भएको छ भने लाखौँ पलायन भएका छन् ।

सशस्त्र द्वन्द्वका सम्बन्धमा अनुसन्धान गरिरहेको एक संस्थाका अनुसार हालसम्म पाँच हजारभन्दा बढी सुडानीको मृत्यु भएको छ । यद्यपि मारिनेको वास्तविक सङ्ख्या योभन्दा धेरै भएको अनुमान गरिएको छ । संयुक्त राष्ट्रसङ्घीय निकायहरूले युद्ध चर्केपछि सुडानबाट चार करोड ६० लाख सर्वसाधारण विस्थापित भएका जनाएका छन् ।

युद्धबाहेक अत्यधिक गर्मी, अनियमित विद्युत् आपूर्ति, खाद्यान्न, औषधि र अन्य दैनिक उपभोग्य वस्तुको चरम अभावले सुडानका जनताको जीवन अति कष्टकर भएको छ । केही समयअघि सुडानका लागि संयुक्त राष्ट्रसङ्घका मानव अधिकारविज्ञ राधुआने नुइसरले युद्धको भयावह अवस्थाको चित्रण गर्दै पूरै देशलाई बन्धक बनाइएको बताएका थिए ।

दुई सैन्य निकायबीच शासन सत्ता हत्याउनका लागि सुडानमा द्वन्द्व भइरहेको हो । सुडानमा हाल सेनाप्रमुख बुर्हानले शासन सञ्चालन गरेका छन् । उनले मुलुकको प्रणालीलाई अस्तव्यस्त बनाएको तथा प्रजातन्त्र मासेको भन्दै सशस्त्र बलको नेतृत्व गरेका डग्लो सैनिक शासनविरुद्ध युद्धमा उत्रिएपछि अहिलेको विषम परिस्थिति सृजना भएको हो ।
–––

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ५ : ०३ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको