काभ्रेपलाञ्चोकमा पहिरोको जोखिम अध्ययन गर्दै भूगर्भविद् | Khabarhub Khabarhub

काभ्रेपलाञ्चोकमा पहिरोको जोखिम अध्ययन गर्दै भूगर्भविद्


२४ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काभ्रेपलाञ्चोकमा पहिरोको उच्च जोखिम रहेको जनाउँदै तेमाल गाउँपालिकाको दुई स्थानमा अध्ययन सुरु गरिएको छ । अध्ययन टोलीमा भूगर्भ विज्ञान, सामाजिक विज्ञान र मानविकी सङ्कायका नेपाली तथा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता छन् । अध्ययनका लागि पहिरोको उच्च जोखिम रहेको तेमालको वडा नं ४ स्थित आखेलादुर्सा र वडा नं ५ को थालागाङमा अत्याधुनिक उपकरण राखिएको छ ।

पहिरोको कारण र समय पत्ता लगाउन अनुसन्धान थालिएको टोलीमा सहभागी नेपाली भुगोलविद् गोपीकृष्ण बस्यालले बताए । “तेमालमा वर्षा, कम्पन र चिस्यानको औषत् मापनद्वारा पहिरोको कारणबारे अनुसन्धान गरिरहेका छौँ, अनुसन्धानले पहिरो जानुपूर्व नै स्थानान्तरण तयारी गर्न तथा नीति–कार्यक्रम बनाउनको मद्दत पुग्नेछ”, उनले भने ।

बस्यालका अनुसार जमिनमा राखिने ‘बेव इन्यावल्ड डाटा लगर’सहितको उक्त उपकरणमा चिस्यान मापन गर्ने यन्त्र, तापक्रम र आद्रता नाप्ने सेन्सर र ध्वनी उत्सर्जन गर्ने सेन्सर जडान गरिएका छन् । उक्त उपकरणले सेन्सरमार्फत सबै ‘डाटा रेकर्ड’ गरिरहेको हुन्छ । बस्यालले भने, “उपकरणले पहिरो जाँदैछ भनेर साइरन बजाउँदैन तर, जमिनभित्रको तथ्याङ्कले पहिरो जानसक्ने अवस्थाबारे जानकारी दिएपछि पूर्वतयारी गर्नुपर्छ र योजना बनाउन सहज पुग्ने छ ।”

गाउँपालिकामा सजग नेपाल नामक एक सोधमूलक परियोजनाको संयोजकत्वमा प्राविधिक र सामाजिक–सांस्कृतिक अध्ययन गर्न थालेको हो । उक्त परियोजनामा सोशल साइन्स, तथा बेलायत, क्यानडा, न्यूजिल्यान्डका विभिन्न विश्वविद्यालयलगायत एनएसइटीका प्रतिनिधिमूलक संस्था प्रतिनिधिको संग्लग्नता रहेको छ । परियोजनाको नेपाल सरकारको सरोकारवाला निकाय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, वातावरण तथा विपद् व्यवस्थापन शाखा, भूकम्प प्रविधि राष्ट्रिय समाजले अवलोकन निरीक्षण गरिरहेको छ ।

नेपालका पहिरोको उच्च जोखिम अध्ययन अनुसन्धानमा संलग्न मानवशास्त्री टेकबहादुर दोङले काभ्रेपलाञ्चोकको तेमालका दुई स्थानका अलावा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिको मार्मिङ र कोदारी, बाह्रबिसे नगरपालिकाको तल्लो सिगार्चे र माथिल्लो सिगार्चे, दोलखाको भीमेश्वर नगरस्थित फेदी र बोस्युङपा र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका– २ स्थानमासमेत १० स्थान उक्त उपकरणद्वारा पहिरोको उच्च जोखिमबारे अध्ययन भइरहेको जानकारी दिए ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काभ्रेपलाञ्चोकलाई यस वर्ष बाढीपहिरोको उच्च जोखिममा ‘मध्यम’ जिल्लाका रुपमा सूचीकृत गरेको थियो । यस्तै जिल्लामा यस वर्षको ‘मनसुनजन्य विपद्’मा तीन हजार सात सय ५७ घर उच्च जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाले जनाएको थियो ।

शाखाको विपद् तथा जोखिम वर्गीकरणमा परेकामध्ये सबैभन्दा बढी मण्डनदेउपुर नगरमा सबैभन्दा बढी सात सय ८५ र सबैभन्दा कम बेथानचोक गाउँपालिकामा एक सय ४८ घर विपद्जन्य घटनाको उच्च जोखिममा रहेको उल्लेख गरिएको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ५ : २३ बजे

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार