जरसिंहपौवामा एक्सपल्स राइडर्स क्लबको साधारणसभा सम्पन्न « Khabarhub

जरसिंहपौवामा एक्सपल्स राइडर्स क्लबको साधारणसभा सम्पन्न


२४ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राजधानी काठमाडौँ उपत्यकाको सुन्दर पर्यटकीय नगरी जरसिंहपौवामा एक्सपल्स राइडर्स क्लबको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । नेपालमा दुईपांग्रे गाडी अर्थात मोटरसाइकल यात्रामार्फत नेपालको पर्यटनमा गरिरहेको योगदानका विषयमा अध्ययन अनुसन्धान गरिरहेका बाइकर कुन्दन श्रेष्ठको अध्यक्षतामा पहिलो वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथी नेपाल अटो मोबाइल एशोसिएसन ९नासा०का कार्यकारी निर्देशक गोविन्द भट्टराई, नेपाल टुरिजम फेस्टिभलका संस्थापक विष्णु विवेक, नासाका सह–कोषाध्यक्ष कमला क्षेत्री, मोटस स्पोट्र्स क्लबका उपाध्यक्ष आशिष रौनियार, नेपाल टूरिजम फेस्टिभलका कार्यक्रम संयोजक रियाज पौडेललगायत अतिथी सहभागी थिए ।

कार्यक्रममा प्रमुख अतिथी रहेका नासाका कार्यकारी निर्देशक गोविन्द्र भट्टराईले राइडर्स क्लबको बाइक टूरिङ कार्यक्रमले नेपालको पर्यटन र खेलकुदको प्रवद्र्धनमा ठूलो सहयोग गरेको बताए । आगामी दिनमा सबै संघ संस्था र निकायहरुको सहकार्यमा काम गर्न आवश्यकता रहेको उनले औँल्याए ।

कार्यक्रममा अतिथी रहेका नेपाल टुरिजम फेस्टिभलका संस्थापक विष्णु विवेकले नेपालको पर्यटन प्रवद्र्धनमा बाइक टुरिङले ठूलो योगदान दिइरहेको बताए । युवा राइडर्सको प्रयासले नेपालका धेरै पर्यटकीय गन्तव्यमा पर्यटक चहलपहल बढाउन योगदान रहेको भन्दै आगामी दिनमा पर्यटन बोर्ड, पर्यटन क्षेत्रका संघ संस्थाहरुले पनि सहयोग गर्न आवश्यक रहेको बताए ।

जरसिंहपौवाको हिल भिजन रिसोर्टमा शनिबार सम्पन्न पहिलो साधारणसभाले कुन्दन श्रेष्ठकै अध्यक्षतामा रहेको पदाधिकारीलाई दुईतिहाई बहुमतले पारित गरेको छ । क्लबको उपाध्यक्षमा शान्तहरि आचार्य, सचिवमा किरण बज्राचार्य र कोषाध्यक्ष सुवर्ण श्रेष्ठ रहेका छन् । कार्यक्रममा एक्सपल्स बाइक चलाउने ४० जना राइडर्सको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ६ : २७ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर