‘बिपी कोइराला राष्ट्रभक्त र परिवर्तनकारी नेता’ « Khabarhub

‘बिपी कोइराला राष्ट्रभक्त र परिवर्तनकारी नेता’


२४ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बैतडी- सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले बिपी कोइराला राष्ट्रभक्त र परिवर्तनकारी नेता भएको बताएका छन् ।

एकसय दसौँँ बिपी जयन्तीका अवसरमा पाटनमा तरुण दलले आज आयोजना गरेको प्रशिक्षण तथा वेभसाइट उद्घाटन कार्यक्रममा उनले भने, “बिपी कोइराला राष्ट्रभक्त र परिवर्तनकारी क्रान्तिकारी नेता हुनाका साथै राष्ट्रयताका लागि सधैँ लडिरहने व्यक्तित्व हुनुहुनथ्यो ।”

राष्ट्रियता, स्वतन्त्रता र सामाजिक न्याय मानिसका आधारभूत चाहना हुन् भन्ने बिपीले युवालाई सङ्गठित गर्न नेविसङ्घ र तरुण दल स्थापना गरेको मन्त्री भट्टले उल्लेख गरे । पछिल्लो समय नेपाली कांग्रेसबारे गलत प्रचार भएको भन्दै उनले यसका लागि वैचारिक आन्दोलनको आवश्यकता रहेकामा जोड दिए ।

मन्त्री भट्टले भने, “कांग्रेसले गरेका राम्रा काम जनसमक्ष पुर्‍याउन जरुरी छ । यसका लागि वैचारिक आन्दोलनको आवश्यकता छ ।” कांग्रेस संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले नेपालमा प्रजातन्त्र स्थापनाका लागि कठोर सङ्घर्ष गरेका थिए । उनको जन्म विस १९७१ भदौ २४ गते भएको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ६ : ३५ बजे

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

चार करोड ३८ लाख भुरा उत्पादन

जनकपुरधाम– यहाँस्थित मत्स्य मानव संसाधन विकास तथा प्रविधि परीक्षण केन्द्रले

भत्किएको तीन वर्षपछि बिरिङमा नयाँ पुल निर्माण सुरु

भद्रपुर– तीन वर्षअघि बाढीले क्षति पुर्याएको अर्जुनधारा नगरपालिका–७ स्थित बिरिङ

नेपाल गुणस्तर परिषद्को बैठक : विभिन्न गुणस्तर मापदण्ड स्वीकृत

काठमाडौं– नेपाल गुणस्तर परिषद्को ११औँ बैठकले नेपाल गुणस्तर तथा अन्तर्राष्ट्रिय