तत्काल इजरायल भ्रमण नगर्न सरकारको आग्रह, ५५ नेपालीलाई सुरक्षित ठाउँमा लगियो  « Khabarhub

तत्काल इजरायल भ्रमण नगर्न सरकारको आग्रह, ५५ नेपालीलाई सुरक्षित ठाउँमा लगियो 


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले नेपालीहरूलाई तत्काल इजरायलको भ्रमण नगर्न आग्रह गरेको छ । 

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा युद्धको अवस्था रहेकाले राजनीतिक तहमा आधिकारिक निर्णय बाहेक तत्काल व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह गरेका हुन् ।

इजरायलमा भएको आक्रमण र त्यहाँ रहेका नेपालीहरूको अवस्थाका बारेमा जानकारी गराउँदै उनले हमास समूहले आक्रमण गरेपछि इजरायलको अवस्था संवेदनशील रहेकाले अहिलेको अवस्थालाई राजनीतिकरण नगर्न पनि आग्रह गरे ।

उनले इजरायलबाट नेपाल फर्कन चाहनेहरूको अनलाइन मार्फत विवरण संकलन गरिरहेको बताउँदै नेपालीहरूको उद्धारका लागि आवश्यकता अनुसार  इजरायल सरकार र छिमेकी देशहरूको सहयोग लिने जानकारी गराए ।  उनकाअनुसार स्वदेश फर्किन दुई सय जनाभन्दा बढीले आवेदन दिइसकेका छन्।

मन्त्री साउदले इजरायलको द्वन्द्व प्रभावित दक्षिणी क्षेत्रबाट ५५ नेपालीलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिए । बङ्करभित्र आश्रय लिइरहेका सुदूरपश्चिम विश्वविद्यालयका ३२ जना र कृषि तथा वन विज्ञान विश्वविद्यालयका २३ जना विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको उनको भनाइ छ । इजरायलमा चार हजार पाँच सय जना नेपाली केयर गिभर छन् भने २६५ विद्यार्थी छन् । 

बैठकमा सांसदहरुले इजरायलमा नेपालीको उद्धारका लागि नेपाल सरकारले गरेको प्रयासको सराहना गर्दै थप कार्य गर्न सुझाएका थिए । 

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  १२ : ३९ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद