तत्काल इजरायल भ्रमण नगर्न सरकारको आग्रह, ५५ नेपालीलाई सुरक्षित ठाउँमा लगियो  | Khabarhub Khabarhub

तत्काल इजरायल भ्रमण नगर्न सरकारको आग्रह, ५५ नेपालीलाई सुरक्षित ठाउँमा लगियो 


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले नेपालीहरूलाई तत्काल इजरायलको भ्रमण नगर्न आग्रह गरेको छ । 

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा युद्धको अवस्था रहेकाले राजनीतिक तहमा आधिकारिक निर्णय बाहेक तत्काल व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह गरेका हुन् ।

इजरायलमा भएको आक्रमण र त्यहाँ रहेका नेपालीहरूको अवस्थाका बारेमा जानकारी गराउँदै उनले हमास समूहले आक्रमण गरेपछि इजरायलको अवस्था संवेदनशील रहेकाले अहिलेको अवस्थालाई राजनीतिकरण नगर्न पनि आग्रह गरे ।

उनले इजरायलबाट नेपाल फर्कन चाहनेहरूको अनलाइन मार्फत विवरण संकलन गरिरहेको बताउँदै नेपालीहरूको उद्धारका लागि आवश्यकता अनुसार  इजरायल सरकार र छिमेकी देशहरूको सहयोग लिने जानकारी गराए ।  उनकाअनुसार स्वदेश फर्किन दुई सय जनाभन्दा बढीले आवेदन दिइसकेका छन्।

मन्त्री साउदले इजरायलको द्वन्द्व प्रभावित दक्षिणी क्षेत्रबाट ५५ नेपालीलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिए । बङ्करभित्र आश्रय लिइरहेका सुदूरपश्चिम विश्वविद्यालयका ३२ जना र कृषि तथा वन विज्ञान विश्वविद्यालयका २३ जना विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको उनको भनाइ छ । इजरायलमा चार हजार पाँच सय जना नेपाली केयर गिभर छन् भने २६५ विद्यार्थी छन् । 

बैठकमा सांसदहरुले इजरायलमा नेपालीको उद्धारका लागि नेपाल सरकारले गरेको प्रयासको सराहना गर्दै थप कार्य गर्न सुझाएका थिए । 

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  १२ : ३९ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका