काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू) « Khabarhub

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)


१३ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने यो पर्व काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा विविध कार्यक्रमसहित मनाइँदैछ।

गाईजात्राका अवसरमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर नगर परिक्रमा गराउने परम्परा छ। नगर परिक्रमा गराइएका गाईलाई श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दहीलगायत खाद्य सामग्री तथा अन्न र द्रव्य दान गर्ने गर्छन्। यसरी गाईको पुच्छर समातेर वैतरणी नदी पार गर्न सहज हुने धार्मिक विश्वास रहिआएको छ।

गाईजात्रा सुरु हुनुमा राजा प्रताप मल्लसँग जोडिएको ऐतिहासिक प्रसङ्ग छ। पुत्रशोकमा रहेकी रानीलाई संसारमा मृत्यु र शोक सबैले भोग्नुपर्छ भन्ने अनुभूति गराउन राजा प्रताप मल्लले गाईजात्रा सुरु गराएको इतिहासमा उल्लेख पाइन्छ। पर्व मनाउँदा पनि रानीको मन शान्त नभएपछि विभिन्न प्रहसन, हास्यव्यङ्ग्य तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्न आदेश दिइएको र त्यसैबाट गाईजात्रामा हास्यव्यङ्ग्य प्रस्तुत गर्ने परम्परा विकास भएको जनश्रुति छ ।

गाईजात्राका क्रममा हनुमानढोकास्थित तत्कालीन राजप्रासाद भएर नगर परिक्रमा गराउने परम्परा पनि कायमै छ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा गाईजात्राको विशेष रौनक देखिन्छ भने देशका अन्य नेवार समुदायको बाक्लो उपस्थिति रहेका शहरमा पनि यो पर्व उत्साहका साथ मनाइन्छ।

पर्वका क्रममा मृतकको सम्झनामा रामायणका करुण रसका गीत गाउने, नाचगान गर्ने, प्रहसन प्रस्तुत गर्ने तथा सामाजिक विकृति र विसङ्गतिमाथि व्यङ्ग्य गर्ने गरिन्छ। पछिल्ला वर्षमा गाईजात्रा हास्य कलाकारका लागि पनि व्यङ्ग्य र मनोरञ्जनमार्फत समसामयिक विषय प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा विकास भएको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी



प्रकाशित मिति : १३ भाद्र २०८३, शनिबार  १० : ५४ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका