घुस लिएको आरोपमा चीनमा खेलकुद क्षेत्रका एक जना पूर्वप्रमुखलाई पक्राउ गर्न आदेश « Khabarhub

घुस लिएको आरोपमा चीनमा खेलकुद क्षेत्रका एक जना पूर्वप्रमुखलाई पक्राउ गर्न आदेश


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- खेलकुद क्षेत्रमा भ्रष्टाचारविरुद्धको अभियान जारी राहेका बेला चीनमा भ्रष्टाचारको आरोपमा खेलकुद क्षेत्रका एक जना पूर्वअधिकारीलाई पक्राउ गर्न आदेश दिइएको छ । सत्तारुढ कम्युनिष्ट पार्टीबाट बर्खास्त भएको एक दिनपछि चीनको खेलकुद प्रशासनका उपप्रमुख डु जाओकाईविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

चिनियाँ राष्ट्रपति सी जिन्पिङले एक दशकअघि सत्तामा आएदेखि यस्ता गलत प्रवृत्तिलाई नियन्त्रणमा लिने प्रयास गरेका छन् । इमान्दार शासन सुनिश्चित गर्न यस्तो अभियानले सहयोग पुर्याउने समर्थकहरूको भनाइ छ तर यस्तो कदमले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूलाई पाखा लगाउन राष्ट्रपति सीलाई अनुमति दिने आलोचकहरूले बताएका छन् ।

“चीनको सर्वोच्च पिपुल्स प्रोक्योरमेन्ट (एसपीपी) ले घुस लिएको आशङ्कामा डु जाओकाईलाई पक्राउ गर्न आदेश दिएको छ”, सरकारी समाचार समिति सिन्ह्वाले उल्लेख गरेको छ, “उक्त विषय अनुसन्धानका लागि प्रोक्युरेटोरियल अधिकारीहरूलाई पठाइएको थियो र राष्ट्रिय पर्यवेक्षण आयोगले गरेको अनुसन्धानको निष्कर्षपछि आरोप लगाइएको हो ।”

यसअघि शनिबार सिन्ह्वाले डुले गैरकानूनी रूपमा उपहार र पैसा स्वीकार गरेको तथा व्यवसाय सञ्चालन र कर्मचारी भर्तीमा फाइदा लिन आफ्नो पदको दुरुपयोग गरेको बताएको थियो । सीसीपीले उनलाई निष्कासन गर्नुका साथै उनको अवैध सम्पत्तिसमेत जफत गर्नेछ । यस वर्ष चीनले अनुसन्धान गरेको खेलकुद क्षेत्रको भ्रष्टाचारका बढ्दो सङ्ख्यामा डुको नाम पनि समावेश थियो । उक्त सूचीमा चीनको उच्च व्यावसायिक फुटबल लिगका प्रमुख लिउ जुन र पूर्वराष्ट्रिय फुटबल कोच लि तेइ पनि समावेश छन् ।

उनीहरूलाई घुस लिएको र फौजदारी अभियोग लगाइएको छ । गत जुनमा म्याच फिक्सिङ प्रकरणमा सामेल भएको आरोपमा चीनको राष्ट्रिय स्नकुर संस्थाले दुई खेलाडीलाई स्नुकर खेलबाट आजीवन प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  १ : ५४ बजे

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा

करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट अवैध लागुऔषध