युक्रेनले प्रतिरक्षा खर्च बढाउने | Khabarhub Khabarhub

युक्रेनले प्रतिरक्षा खर्च बढाउने


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

किएभ- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सन् २०२४ मा प्रतिरक्षा खर्च वृद्धि गर्ने आदेशमा हस्ताक्षर गरेका छन् । उनले प्रतिरक्षा खर्च बढाउने आदेशमा हस्ताक्षर गरेको युक्रेनी इन्टरफ्याक्स समाचार समितिले जनाएको छ ।

उक्त आदेशअनुसार युक्रेनले कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को कम्तीमा २१ दशमलव छ प्रतिशत राष्ट्रिय प्रतिरक्षामा खर्च गर्नेछ । राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा काउन्सिलको निर्णयलाई प्रभावकारी बनाएको राष्ट्रपतिको आदेशमा अर्को वर्ष युक्रेनको प्रतिरक्षा खर्च १६ खर्ब ९० अर्ब रिभ्निया (करिब ४६ अर्ब अमेरिकी डलर) भन्दा कम नहुने उल्लेख गरेको छ ।

राष्ट्रपतिको उक्त आदेशले वर्तमान सैन्य–राजनीतिक परिस्थितिका आधारमा सन् २०२४ को मस्यौदा बजेटमा प्रतिरक्षा क्षेत्रलाई महत्व दिएर विनियोजन गर्न निर्देशन दिएको छ ।

युक्रेनको सन् २०२३ को बजेटले प्रतिरक्षामा कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को १८ दशमलव दुई प्रतिशत अर्थात ११ खर्ब ४० अर्ब रिभ्निया (करिब ३१ अर्ब अमेरिकी डलर) खर्च गर्ने परिकल्पना गरेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ४ : ५८ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित