युक्रेनले प्रतिरक्षा खर्च बढाउने « Khabarhub

युक्रेनले प्रतिरक्षा खर्च बढाउने


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

किएभ- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सन् २०२४ मा प्रतिरक्षा खर्च वृद्धि गर्ने आदेशमा हस्ताक्षर गरेका छन् । उनले प्रतिरक्षा खर्च बढाउने आदेशमा हस्ताक्षर गरेको युक्रेनी इन्टरफ्याक्स समाचार समितिले जनाएको छ ।

उक्त आदेशअनुसार युक्रेनले कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को कम्तीमा २१ दशमलव छ प्रतिशत राष्ट्रिय प्रतिरक्षामा खर्च गर्नेछ । राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा काउन्सिलको निर्णयलाई प्रभावकारी बनाएको राष्ट्रपतिको आदेशमा अर्को वर्ष युक्रेनको प्रतिरक्षा खर्च १६ खर्ब ९० अर्ब रिभ्निया (करिब ४६ अर्ब अमेरिकी डलर) भन्दा कम नहुने उल्लेख गरेको छ ।

राष्ट्रपतिको उक्त आदेशले वर्तमान सैन्य–राजनीतिक परिस्थितिका आधारमा सन् २०२४ को मस्यौदा बजेटमा प्रतिरक्षा क्षेत्रलाई महत्व दिएर विनियोजन गर्न निर्देशन दिएको छ ।

युक्रेनको सन् २०२३ को बजेटले प्रतिरक्षामा कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को १८ दशमलव दुई प्रतिशत अर्थात ११ खर्ब ४० अर्ब रिभ्निया (करिब ३१ अर्ब अमेरिकी डलर) खर्च गर्ने परिकल्पना गरेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ४ : ५८ बजे

सुरूवातमै दुई विकेट गुमेपछि दबाबमा काठमाडौं

काठमाडौं– राजधानीको त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर

एनसेलको ‘एनपीएल प्ले प्याक’ मा एनपीएल दोस्रो संस्करणका खेल लाइभ हेर्न पाइने

काठमाडौं– एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको डिजिटल स्ट्रिमिङ पार्टनर

आदर्श गृहले आफ्नै भवन बनाउँदै

चितवन– मानव सेवामा क्रियाशील आदर्श गृह नेपालले आफ्नै भवन बनाउन

एमाले छाडेर नेकपातिर संविधानसभा सदस्य साउद, भीम रावलले गरे स्वागत

धनगढी- नेकपा (एमाले) अछामका पूर्वजिल्ला कमिटी सचिव भरत साउद नेपाली कम्युनिष्ट

एनपीएल क्रिकेट : टस जितेर बलिङमा चितवन

काठमाडौं– राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल ) क्रिकेटमा