एकीकृत समाजवादीप्रति जनताको भरोसा बढ्दैछ : माधव नेपाल « Khabarhub

एकीकृत समाजवादीप्रति जनताको भरोसा बढ्दैछ : माधव नेपाल


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दाङ – नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपालले समाजवादी पार्टी प्रति जनताको भरोसा बढ्दै गएको दाबी गरेका छन् ।

एकीकृत समाजवादीको ‘मेची–महाकाली जागरण अभियान’ अन्तर्गत बुधबार दाङको घोराहीमा भएको सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीले अघि सारेका नीति र कार्यक्रमका बारेमा जनताले बुझ्दै गएकाले पार्टीमा जनताको भरोसा बढ्दै गएको दाबी गरे ।

जनताका कुरा सुन्न र उनीहरुको भरोसालाई अझ बलियो बनाउन कोशे ढुङ्गा सावित हुने पनि उनको विश्वास थियो । “अभियानले जनताका कुरा सुन्ने र पार्टीलाई जनतासँग जोड्न भूमिका खेल्नेछ”, उनले भने।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले देशको हालको स्थिति र आगामी दिनमा पार्टीले लिने कार्यदिशाका बारेमा जनतालाई बुझाउँदै समाजवादी पार्टी निर्माणको अभियानमा जोडिन सबैलाई आग्रहसमेत गरे। अब नेपालमा समाजवादी कम्युनिष्ट भन्दा अरुको विकल्प नभएको भन्दै पार्टीलाई जिल्ला–जिल्ला, नगर–गाउँ–गाउँसम्म पु¥याउने अभियानको लक्ष्य रहेको बताए।

यसैगरी, उनले मेचीदेखि महाकालीसम्मका जनतालाई आफ्नो पार्टीसँग जोड्न मेची–महाकाली समाजवादी जागरण अभियानको थालनी गरिएको पनि बताए । सभालाई सम्वोधन गर्दै अध्यक्ष नेपालले जनतासँग नजोडिएर देशको विकास गर्न नसकिने बताए ।

कार्यक्रममा नेकपा समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशको विकासका लागि कृषि क्षेत्रको विकास हुन आवश्यक रहेको बताए । कृषि क्षेत्रको विकास बिना देशको विकास सम्भव नहुने र युवा जनशक्ति विदेशीने क्रम नरोकिने बताए । उनले देशमा कृषि क्रान्ति गर्न र युवालाई देश रोक्ने वातावरण निर्माण गर्न किसानलाई सहकारीका माध्यमबाट संगठित गर्दै कृषिको विकासमा लगाउन आवश्यक रहेको बताए।

राज्यले किसानलाई मल, बीउ, प्राविधिक जनशक्तिसँगै उत्पादन भएको अन्य तथा तरकारी स्टोरका लागि कोल्डस्टोर देशका ठाउँ–ठाउँमा निर्माण गरेर सहयोग गर्न आवश्यक रहेको बताए। नेता खनालले संविधानले नेपाली जनतालाई हक दिए पनि अझै धेरै विभेद कायम रहेको भन्दै हिजोको सामन्ती वर्गको शोषण अन्त्य भए पनि अहिले पूँजीपति वर्गले गरिव वर्गलाई शोषण गरिरहेको बताए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले युवा जनशक्तिलाई स्वदेशमै रोजगारीका अवसरहरु सिर्जना गर्न नसक्दासम्म देशको आर्थिक समृति नहुने बताए । देशको आर्थिक समृद्धिका लागि कृषि क्षेत्रको विकास आवश्यक रहेको भन्दै महासचिव खनालले किसानले उत्पादन गरेको हरेक वस्तुको बिक्रीको ग्यारेन्टी राज्यले गर्नुपर्ने बताए । कृषिको विकास गर्न सके आगामी पाँच वर्षमा कम्तीमा पनि जनताले परिवर्तनको अनुभूति गर्न सक्ने दाबी गर्दै महासचिव भुसालले देशमा कृषिको राम्रो सम्भावना रहेको हुँदा यसमा राज्यले विशेष नजर पुग्नु जरुरी रहेको औँल्याए।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ८ : २८ बजे

शिक्षा मन्त्रालयको स्पष्टीकरण : कक्षा १२ को नतिजा प्रकाशनमा त्रुटि भएको छैन

काठमाडौं– शिक्षा मन्त्रालयले कक्षा १२ को नजिता प्रकाशनमा कुनै त्रुटि

रास्वपा महाधिवेशनमा प्रतिनिधि छनोट विवाद : सभापति दाबी गरेपछि नाम हटाएको आरोप

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा प्रतिनिधि छनोटलाई

पुकार बम भन्छन्- केन्द्रीय सदस्य जित्दा सहमहामन्त्री उठ्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद पुकार बमले केन्द्रीय

होल्डिङ सेन्टर खाली गर्न उर्दी, विस्थापित परिवारमा अन्योल !

होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित परिवारहरूलाई असार १२ भित्र केन्द्र

रास्वपाको बन्दसत्र सरेको सर्‍यै, महाधिवेशन प्रतिनिधिमा बढ्दैछ आक्रोश

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा एकपछि अर्को विवाद