औषधी/उपचार

अनुहारमा देखिने कालोपोतोको उपचार कसरी हुन्छ ?

By खबरहब

November 10, 2023

हामी सबैलाई राम्रो हुन मनलाग्छ। सबैले आफ्नो छाला राम्रो बनाउन बजारमा पाइने विभिन्न सौन्दर्य सामग्रीको प्रयोग गर्छौँ। कतिपय सामान र औषधिले काम गर्दछ त कतिपय उपायले राम्रो बनाउनको साटो उल्टै समस्या बढाउँछ। समयमा नै सावधानी नअपनाए सुन्दर अनुहार बिग्रिन सक्छ। अनुहारमा देखिने छालाको समस्यामध्ये कालोपोतो पछिल्लो समय अत्यधिक बढेको पाइन्छ। कालोपोतो माहिला वा पुरुष दुवैको अनुहारमा देखा पर्दछ। अनुहारमा आउने पोतोले मानिसको सौन्दर्य नै बिगार्छ। कालोपोतोको कारण कतिपय मानिस मानसिक समस्यामा पर्ने गर्छन्। गाला, आँखाको छेउछाउ देखिने पोतोले मानिसको मनोबल नै कमजोर बनाइदिन्छ। अनुहारमा के कारणले कालोपोतो आउँछ ? हटाउने तरिका के के हुन सक्छन् ? लगायतका विषयमा आधारित रहेर खबरहबका लागि छाला रोग विशेषज्ञ डा. प्रतिभा श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंशः

कालोपोतो कस्तो किसिमको समस्या हो ? यो एउटा कस्मेटिक समस्या हो। तर यसले स्वास्थ्यलाई कुनै असर गर्दैन। यो महिला पुरुष दुवैमा हुने गरेता पनि अहिले धेरै महिलामा देखिएको छ। आँखा मुन्तिरको भागमा र गालामा देखिने कालो रङको पत्रलाई कालोपोतो भनिन्छ।

कालोपोतो शरीरमा पनि आउने हो कि अनुहारमा मात्र आउँछ ? कालोपोतो अनुहारमा नै आउने कस्मेटिक समस्या हो। तर अनुहारको पनि भिन्नभिन्न भागमा आउँछ। गालाको चिल्लो भागमा रोज लगाउने भागमा आउँछ।

यो के के कारणले आउँछ ? कालोपोतो आउने कारण धेरै हुन्छन्। जसमा उज्यालो पहिलो नम्बरमा पर्छ। सूर्यबाट आउने पराबैजनी रङ्गको विकिरणले कालोपोतो आउँछ। खास गरेर १० देखि २ बजेसम्मको घाम छालाका लागि हानिकारक हुन्छ। त्यसैले उज्यालोमा हिँड्दा वा घाममा हिँड्नु पर्याे भने नियमित रूपमा सनस्क्रिन लगाउने गर्नुपर्छ। अन्य कारणमा कुनै खाइरहेको औषधिले पनि आउँछ। जसमा गर्भ निरोधक चक्कीको सेवनले आउँछ। धेरै चिन्ता लिँदा पनि आउँछ यसका साथै खानपानमा ध्यान नदिँदा बासी बिग्रेका खाना खाँदा, धुलो, धुँवा र फोहोरका कारण पनि पोतो देखिने हुन्छ। धूम्रपान सेवन गर्दा पनि अनुहारमा कालोपोतको समस्या आउँछ।

यसको उपचार गरेपछि पहिला कै अवस्थामा आउँछ ? यसको पहिला कारणहरू खोज्नु पर्दछ। जसमा उज्यालोको कारणले आएको हो भने सेतो हुने औषधिहरू लगाउनुपर्छ। भिटामिन लगाउनु पर्दछ। त्यत्तिले पनि भएन भने हामीले उहाँलाई भिटामिन दिन्छौं। लेजर पनि गरिन्छ। तर लेजर गरेपछि केही महिना राम्रो देखिए पनि पछि गाढा भएर देखिन्छ। किनभने यो उज्यालोले गर्दा आउने हो र लेजरमा पनि लाइटको प्रयोग गरिन्छ।

यसको उपचारका लागि भिटामिन खान लगाइन्छ। त्यसमा पनि एउटाले भएन भने अर्को दिइन्छ। यो निको त हुन्छ तर ढिलो हुन्छ। त्यसैले यसको उपचार सम्भव छ तर गार्हाे छ। अस्पतालमा यो समस्या लिएर छिटो आएका बिरामीमा हामीले ६ महिनामा ठिक गरेका छौँ। उपचारका लागि बिरामी ढिला आएको छ भने दुई वर्षसम्म लाग्छ। त्यसैले समयमा नै अस्पतालमा गएर उपचार गराउनतर्फ लाग्दा निकै राम्रो हुन्छ र चाँडै निको पनि हुन्छ।

अनुहारमा यस्तो समस्या नआओस् भनेर के के कुरामा ध्यान दिने ? यस्तो समस्या हटाउन सागपात, पानी र फलफूल बढी खानुपर्छ। महिलामा हर्मन स्टेजोनमा वृद्धि हुँदा कालोपोतो बढ्छ। स्वस्थ जीवन जिउने, पानी प्रशस्त पिउने, राम्रो मोइस्चराइजर लगाउने, सधैँ भिटामिन लगाउने, सनस्क्रिन सधैँ लगाउने गर्नुपर्छ।

कस्मेटिक सामान किन्दा क्वालिटीको राम्रो कसरी छुट्याउन सकिन्छ ? कुनै पनि कस्मेटिक सामग्री लगाएपछि पहिला भन्दा फाइदा हुनुपर्छ। यदि भएन भने अर्को परिवर्तन गरिहाल्नुपर्छ। आफ्नो छाला कस्तो छ, त्यो अनुसारको क्रिम छान्ने कसैको रिङ कल, ड्राइस्क्रिन छ भने त्यो अनुसारको नै छान्नुपर्छ । एउटा ट्रिटमेन्ट गरेपछि तुरुन्तै यो भएन भनेर अर्को डाक्टरकोमा वा ब्युटी पार्लर जाने गर्नु हुँदैन। एउटै राम्रो प्रोडक्ड धेरै समयसम्म प्रयोग गर्नुपर्दछ। कालोपोतोको उपचार गरेपछि पहिला आफ्नो छाला जस्तो थियो। त्यो भन्दा पनि राम्रो हुन्छ।