विश्वकप क्रिकेट : आज अफगानिस्तान र दक्षिण अफ्रिका खेल्ने  « Khabarhub

विश्वकप क्रिकेट : आज अफगानिस्तान र दक्षिण अफ्रिका खेल्ने 


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज अफगानिस्तान र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ । 

खेल भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।

जारी विश्वकपमा दक्षिण अफ्रिका सेमिफाइनलमा पुगिसकेको छ । दक्षिण अफ्रिका ८ खेलबाट १२ अंकका साथ दोस्रो स्थानमा रहेको छ । आजको  नतिजाले दक्षिण अफ्रिकाको सेमिफाइनल समीकरणलाई कुनै असर गर्ने छैन । दक्षिण अफ्रिका सेमिफाइनलमा अस्ट्रेलियासँग खेल्ने यसअघि नै निश्चित भइसकेको छ ।

त्यस्तै, अफगानिस्तान ८ खेलबाट ८ अंक जोडेर अंक तालिकामा छैटौँ स्थानमा छ । जारी विश्वकपको सेमिफाइनलमा पुग्न अफगानिस्तानले आजको खेलमा दक्षिण अफ्रिकालाई चार सय ३८ रनको विशाल अन्तरले हराउनु पर्ने हुन्छ ।

दक्षिण अफ्रिकालाई त्योभन्दा कम रनले हराएमा अफगानिस्तान सेमिफाइनलमा पुग्न असफल हुनेछ ।

दक्षिण अफ्रिका र अफगानिस्तानबीच अहिलेसम्म एक एकदिवसीय खेल भएको छ । जुन सन् २०१९ को विश्वकपमा भएको थियो र यो खेलमा दक्षिण अफ्रिका ९ विकेटले विजयी भएको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ९ : ४० बजे

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ