विश्वकप क्रिकेट : आज अफगानिस्तान र दक्षिण अफ्रिका खेल्ने  « Khabarhub

विश्वकप क्रिकेट : आज अफगानिस्तान र दक्षिण अफ्रिका खेल्ने 


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज अफगानिस्तान र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ । 

खेल भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।

जारी विश्वकपमा दक्षिण अफ्रिका सेमिफाइनलमा पुगिसकेको छ । दक्षिण अफ्रिका ८ खेलबाट १२ अंकका साथ दोस्रो स्थानमा रहेको छ । आजको  नतिजाले दक्षिण अफ्रिकाको सेमिफाइनल समीकरणलाई कुनै असर गर्ने छैन । दक्षिण अफ्रिका सेमिफाइनलमा अस्ट्रेलियासँग खेल्ने यसअघि नै निश्चित भइसकेको छ ।

त्यस्तै, अफगानिस्तान ८ खेलबाट ८ अंक जोडेर अंक तालिकामा छैटौँ स्थानमा छ । जारी विश्वकपको सेमिफाइनलमा पुग्न अफगानिस्तानले आजको खेलमा दक्षिण अफ्रिकालाई चार सय ३८ रनको विशाल अन्तरले हराउनु पर्ने हुन्छ ।

दक्षिण अफ्रिकालाई त्योभन्दा कम रनले हराएमा अफगानिस्तान सेमिफाइनलमा पुग्न असफल हुनेछ ।

दक्षिण अफ्रिका र अफगानिस्तानबीच अहिलेसम्म एक एकदिवसीय खेल भएको छ । जुन सन् २०१९ को विश्वकपमा भएको थियो र यो खेलमा दक्षिण अफ्रिका ९ विकेटले विजयी भएको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ९ : ४० बजे

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको