हाम्रो पेबाट भाटभटेनीको भुक्तानी गर्दा १० प्रतिशत क्याशब्याक पाउन सकिने | Khabarhub Khabarhub

हाम्रो पेबाट भाटभटेनीको भुक्तानी गर्दा १० प्रतिशत क्याशब्याक पाउन सकिने


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डिजिटल वालेट हाम्रो पेबाट भाटभटेनीको भुक्तानी गर्न सकिने भएको छ । नेपालकै लोकप्रिय मोबाइल एप हाम्रो पात्रोभित्र रहेको डिजिटल वालेटको मर्चेन्ट नेटवर्कमा भाटभटेनी समेत समावेश भएको हो । भाटभटेनी, हाम्रो पे र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) बीचको सहकार्यमा यो अफर ल्याइएको उल्लेख छ । एनआईएमबी हाम्रो पेको सेटलमेन्ट बैंक समेत हो । 

योसँगै हाम्रो पेले विशेष अफर समेत ल्याएको छ । हाम्रो पेबाट भाटभटेनीमा भुक्तानी गर्दा १० प्रतिशत क्याशब्याक पाउन सकिनेछ । यस्तो छुट रकम अधिकतम २०० रुपैयाँसम्म हुने कम्पनीले जनाएको छ । यस्तो क्याशब्याक प्राप्त गर्न तपाईंले भाटभटेनीको काउण्टरमा हाम्रो पे क्यूआर अनुरोध गरी हाम्रो पे वालेटबाट भुक्तानी गर्नुपर्ने हुन्छ ।

भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले हाम्रो पेसँगको सहकार्यमार्फत डिजिटल भुक्तानी र अर्थतन्त्रलाई प्रवर्द्धन गर्न पाउँदा आफूहरू उत्साहित रहेको बताएका छन् । 

हाम्रो पेबाट हाल बिजुली, खानेपानी, टिभी तथा इन्टरनेटको बिल भुक्तानी, मोबाइल रिचार्ज, सरकारी राजस्व, बीमा आदिको भुक्तानी गर्न सकिन्छ । सबै जसो मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा कनेक्ट आईपीएसबाट सहजै रकम लोड गर्न सकिने यो वालेटबाट कुनै पनि वालेट एवं बैंक खातामा रकम पठाउन समेत सकिन्छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ३ : ३१ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून