निकुञ्जमा घाँसेमैदान व्यवस्थापनको काम थालियो | Khabarhub Khabarhub

निकुञ्जमा घाँसेमैदान व्यवस्थापनको काम थालियो


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्जभित्र घाँसेमैदान व्यवस्थापनको काम सुरु गरिएको छ । दुर्लभ एक सिङ्गे गैँडा र बाघका आहारा प्रजातिलाई लक्षित गर्दै निकुञ्जका विभिन्न क्षेत्रमा विभिन्न दातृ संस्थाहरूको सहयोगमा घाँसेमैदान व्यवस्थापनको काम थालिएको हो ।

तराई भूपरिधि कार्यक्रमको सहयोगमा निकुञ्जभित्रको ६२ हेक्टर जमिनमा घाँसेमैदान व्यवस्थापनको काम थालिएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सुखीभार र भिम्ले क्षेत्रमा घाँसेमैदान व्यवस्थापनको काम थालिएको छ । रु सात लाखको लागतमा सो काम सुरु गरिएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले निकुञ्जभित्रको तीन सय हेक्टर जमिनमा घाँसेमैदान व्यवस्थापनको काम थालेको छ । कोषको सौराहा कार्यालय प्रमुख रचना शाहका अनुसार तीन सय हेक्टर जमिनमा घाँसेमैदान व्यवस्थापन गरिँदै छ । निकुञ्जभित्रका ३० ठाउँमा काम गरिँदै छ । दसैँ सकिएसँगै काम सुरु गरिएको उनले जानकारी दिए। 

उनका अनुसार घाँसेमैदान व्यवस्थापनका क्रममा त्यहाँ रहेका विभिन्न किसिमका बोटबिरुवाको अध्ययन अनुसन्धानसमेत गरिँदै छ ।  निकुञ्जको आफ्नै स्रोतबाट चालु आर्थिक वर्षमा तीन सय ७० हेक्टर जमिनमा घाँसेमैदान व्यवस्थापन गरिँदै छ । सूचना अधिकारी तिवारीका अनुसार रु ४० लाख ७० हजारमा बोलपत्र स्वीकृत भई काम सुरु गर्ने तयारी गरिएको हो ।

निकुञ्जभित्रको जिप सफारी हुने बाटो आसपासका क्षेत्र, खुल्ला चौरहरु, तालका छेउहरु, सुखिभार क्षेत्र, सौराहा प्रवेश गर्ने कछुवानी क्षेत्रलगायत क्षेत्रमा घाँसेमैदान व्यवस्थापन गरिँदै छ ।

निकुञ्जभित्र १० हजार हेक्टर घाँसेमैदान रहेको छ । तीमध्ये मुस्किलले एक हजार हेक्टरमात्र व्यवस्थापन गर्न सकिएको तिवारी बताउँछन्। उनले भने, ‘कोभिडअघि सम्म घाँसेमैदानमा रु तीन करोडभन्दा बढी खर्च गर्ने गथ्र्यौं । अहिले रु एक करोडसमेत खर्च गर्न पाएका छैनौँ ।’ नियमित घाँसेमैदानको व्यवस्थापन गर्न नसक्दा निकुञ्जभित्रका दुर्लभ एक सिङ्गे गैँडा र बाघका आहारा प्रजाति जरायोसहित मृग प्रजाति प्रभावित भएका छन् । निकुञ्जभित्र उपयुक्त घाँसेमैदान नभएमा गैँडा बस्ती छिरेर दुःख दिने गर्दछ । घाँसेमैदान व्यवस्थापनको बजेट कटौती हुँदा यसको असर मध्यवर्तीका बासिन्दामा हुने गरेको छ ।

निकुञ्जले अग्ला ढड्डी र घाँस काटेर, ट्र्याक्टरले जोतेर र नियन्त्रित आगो लगाएर घाँसेमैदानको व्यवस्थापन गर्दै आएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ३ : ५८ बजे

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण

पर्यटक बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

चितवन – पर्यटक बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

देवघाटमा मलामी गएका युवा नदीमा बेपत्ता

चितवन – मलामी गएका युवा नारायणी नदीमा बेपत्ता भएका छन्