बलात्कार आरोपमा दुईजना पक्राउ « Khabarhub

बलात्कार आरोपमा दुईजना पक्राउ


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्यूठान र झापाबाट बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन् । ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्यूठान माण्डवी गाउँपालिका-४ धनचौर बस्ने २६ वर्षीय संगीत केसी भन्ने अर्जुन दमाईलाई प्रहरीले पक्राउ गरेको छ ।

दमाईले ती महिलालाई विवाह गर्छु भन्दै प्रलोभनमा पारी सोमबार राति जबरजस्ती करणी गरी नगद तथा जिन्सी सामान समेत ठगी गरी फरार भएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय प्युठानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापा मेचिनगर नगरपालिका-७ सत्तिघट्टा बस्ने २१ वर्षीय अमित राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ । राजवंशीले ती किशोरीलाई सोही नगरपालिका-८ टोकला चिया बगानमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ४ : ०२ बजे

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग