राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान र नेपाल एपीएफ अस्पतालबीच सम्झौता « Khabarhub

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान र नेपाल एपीएफ अस्पतालबीच सम्झौता


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (एनएएमएस) र नेपाल एपीएफ अस्पतालबीच शैक्षिक कार्यक्रम आदन प्रदान सम्बन्धी सम्झौता भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यता तथा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालयको उपस्थितिमा एनएएमएसका उपकुलपति प्रा.डा. भुपेन्द्र कुमार बस्नेत र सशस्त्र प्रहरी बल नेपालको तर्फबाट नेपाल एपीएफ अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी नायब महानिरीक्षक डा.रुपक महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा शैक्षिक कार्यक्रम आदान प्रदान तथा वृत्तिविकासको लागि सहकार्य गर्ने उल्लेख छ । यसैगरी नेपाल एपीएफ अस्पतालमा नर्सिङ क्याम्पस स्थापना गर्ने र मेडिकल कलेजको सम्भाव्यता अध्ययनको योजना समेत रहेको छ । कार्यक्रममा माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले पहिलो पटक स्वास्थ्य मन्त्रालयले सुरक्षा निकायलाई समेत विदेश अध्ययनको कोटा प्रदान गरी नेपाल एपीएफ अस्पतालबाट डा.सुमित्रा थापालाई थाइल्याण्डमा हुने सातौँ एशियाली र प्रशान्त जनसंख्या सम्मेलन विषयक कार्यक्रममा मनोनित गरिएको जानकारी दिए। उनले यस प्रकारका सम्झौताले दुवै निकायबीच शैक्षिक कार्यक्रमको विकासमा उल्लेखनीय योगदान पुग्ने समेत बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपाल एपीएफ अस्पताललाई मेडिकल कलेजको रुपमा विस्तार गर्ने संगठनको उद्देश्य रहेको बताउँदै सीमा क्षेत्रका सर्वसाधारणहरूलाई फाइदा पुग्ने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू विस्तार गर्ने विषयमा मन्त्रालयका पदाधिकारीसँग छलफल समेत गरेका थिए  ।

कार्यक्रममा स्वास्थ्य सचिव देवकुमारी गुरागाँई लगायत मन्त्रालयका पदाधिकारीहरू तथा सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ७ : २४ बजे

शंखरापुर बस दुर्घटना अपडेटः चारको मृत्यु, २२ घाइते

काठमाडौं – काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा आज साँझ भएको बस

‘दिमाग घोच्ने मान्छे’ले मन पनि घोच्छः मन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विवेकशील नेपाली

प्रहरीमाथि चक्कु प्रहार गर्ने जेनजी प्रदर्शनमा भागेका फरार कैदी

भक्तपुर – प्रहरीलाई चक्कु प्रहार गर्ने गिरोहका चार जना पक्राउ

प्रधानमन्त्री कार्कीले हेरिन ‘दिमाग घोच्ने मान्छे’

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की स्वर्गीय उज्ज्वल थापाको जीवनीमा आधारित

११५ दिनमा कुलमानले गरे १०७ काम (सूचीसहित)

काठमाडौं – कुलमान घिसिङले ११५ दिन तीन महत्त्वपूर्ण मन्त्रालय सम्हाल्दा