राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान र नेपाल एपीएफ अस्पतालबीच सम्झौता « Khabarhub

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान र नेपाल एपीएफ अस्पतालबीच सम्झौता


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (एनएएमएस) र नेपाल एपीएफ अस्पतालबीच शैक्षिक कार्यक्रम आदन प्रदान सम्बन्धी सम्झौता भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यता तथा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालयको उपस्थितिमा एनएएमएसका उपकुलपति प्रा.डा. भुपेन्द्र कुमार बस्नेत र सशस्त्र प्रहरी बल नेपालको तर्फबाट नेपाल एपीएफ अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी नायब महानिरीक्षक डा.रुपक महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा शैक्षिक कार्यक्रम आदान प्रदान तथा वृत्तिविकासको लागि सहकार्य गर्ने उल्लेख छ । यसैगरी नेपाल एपीएफ अस्पतालमा नर्सिङ क्याम्पस स्थापना गर्ने र मेडिकल कलेजको सम्भाव्यता अध्ययनको योजना समेत रहेको छ । कार्यक्रममा माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले पहिलो पटक स्वास्थ्य मन्त्रालयले सुरक्षा निकायलाई समेत विदेश अध्ययनको कोटा प्रदान गरी नेपाल एपीएफ अस्पतालबाट डा.सुमित्रा थापालाई थाइल्याण्डमा हुने सातौँ एशियाली र प्रशान्त जनसंख्या सम्मेलन विषयक कार्यक्रममा मनोनित गरिएको जानकारी दिए। उनले यस प्रकारका सम्झौताले दुवै निकायबीच शैक्षिक कार्यक्रमको विकासमा उल्लेखनीय योगदान पुग्ने समेत बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपाल एपीएफ अस्पताललाई मेडिकल कलेजको रुपमा विस्तार गर्ने संगठनको उद्देश्य रहेको बताउँदै सीमा क्षेत्रका सर्वसाधारणहरूलाई फाइदा पुग्ने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू विस्तार गर्ने विषयमा मन्त्रालयका पदाधिकारीसँग छलफल समेत गरेका थिए  ।

कार्यक्रममा स्वास्थ्य सचिव देवकुमारी गुरागाँई लगायत मन्त्रालयका पदाधिकारीहरू तथा सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ७ : २४ बजे

दोलखामा अतिक्रमित क्षेत्र व्यवस्थापन गर्ने बहस सुरु

दोलखा- दोलखा जिल्लामा अतिक्रमण भएको सार्वजनिक जग्गा फिर्ता गर्ने सन्दर्भमा

बाढीले कमला नदीको ‘डाइभर्सन’ बगाएपछि हुलाकी राजमार्ग अवरुद्ध

सिरहा- निरन्तरको वर्षासँगै आएको बढीले सिरहा र धनुषा जोड्ने कमला

एमालेभित्र पुनर्जागरण बहस, शीर्ष नेतृत्वलाई बिदा गरेर संरचना फेर्नुपर्ने युवा नेताहरूको माग

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) भित्र पुनर्गठन र

नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना

पेरिस- स्वास्थ्यमा समस्या आए पछि इरानका नोबेल शान्ति पुरस्कार विजेता

मुक्त कमैयालगायत समुदायका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी

कञ्चनपुर- कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरणमन्त्री गीता चौधरीले