मोरङका किसानलाई धान भित्र्याउन चटारो | Khabarhub Khabarhub

मोरङका किसानलाई धान भित्र्याउन चटारो


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

बेलबारी– कात्तिक महिना मैझारो हुने क्रममा रहेका बेला मोरङका किसान धमाधम धान भित्र्याइरहेका छन् । हालसम्म ३५ प्रतिशत धान किसानका भकारीमा भण्डारण भएको छ भने गर्जो टार्न खलिहानबाटै बिक्री पनि भएको छ । जिल्लाभर ८३ हजार तीन सय हेक्टरमा रोपाइँ भएकोमा कात्तिक  २९ हजार हेक्टरको मात्र धान काटिएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ ।

मोरङमा गत वर्ष ८२ हजार नौ सय हेक्टर जमिनमा धान लगाइएको थियो । मौसमले साथ दिएको र समयमै मल वितरण हुँदा यो वर्ष धान उत्पादन बढ्ने कृषि ज्ञान केन्द्रका प्रमुख रामदेव सिंहले बताए । गत वर्ष प्रतिहेक्टर ४ दशमलब ५ मेट्रिकटन धान उत्पादन भएकामा यो वर्ष बढेर प्रति हेक्टर पाँच मेट्रिकटनभन्दा बढी धान उत्पादन हुने संकेत देखिएको प्रमुख सिंहले बताए ।    

मोरङका १७ पालिकामध्ये रङ्गेली नगरपालिका, उर्लाबारी नगरपालिका र पथरी नगरपालिकामा ५० प्रतिशत धान कटान भएको छ, कटहरी गाँउपालीका, जहदा गाउँपालिका, मिक्लाजुङ गाउँपालिका र कानेपोखरी गाउँपालिकामा २५ प्रतिशत, सुनवर्षी गाउँपालिका, धनपाल गाउँपालिका, रतुवामाई नगरपालिका, लेटाङ नगरपालिका,  सुन्दरहरैचा नगरपालिकामा ४० प्रतिशत, विराटनगर महानगरपालिका, बेलबारी नगरपालिका, ग्रामथान गाउँपालिका र बुढीगङ्गा गाउँपालिकामा ३० प्रतिशत धान कटान भएको प्रमुख सिंहले बताए । बासमती प्रजातिका धान पाक्न थप समय लाग्ने भएकाले केही समयपछि मात्र काट्नुपर्ने उनले बताए।  

मोरङमा धेरै मात्रामा रञ्जित धान, राम धान, बिबी एघार, स्वर्ण धान रोप्ने गरेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार मोरङमा गतवर्ष तीन लाख ३८ हजार एक सय १४ मेट्रिकटन धान उत्पादन भएको थियो । 

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ७ : ५२ बजे

विश्वकप एसिया छनोट : नेपाल र हंकङबीचको खेल रद्द

काठमाडौं– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज हुने भनिएको

यस्तो बन्यो संसद् भवन (फोटो फिचर)

काठमाडौं– सिंहदरबारभित्र साढे पाँच वर्ष अघिदेखि निर्माण भइरहेको संसद् भवनको

वैशाखको चौँथो साता शेयर बजारमा ‘डेड क्याट बाउन्स’

काठमाडौं– वैशाखको चौँथो साता वैशाख २१ गतेदेखि २५ गतेसम्म शेयर

अध्यक्ष माधव नेपालको स्वास्थ्यमा सुधार

 काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार

नेविसंघमा साधारण सदस्यसमेत नरहने गरी कारबाही घोषणा गर्ने होडबाजी 

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा