मौलिक संस्कृतिप्रति गर्व गर्नुपर्छ : महासचिव पोखरेल « Khabarhub

मौलिक संस्कृतिप्रति गर्व गर्नुपर्छ : महासचिव पोखरेल


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशको मौलिक संस्कृतिप्रति गर्व गर्नुपर्ने बताएका छन् ।

काभ्रेपलाञ्चोकको धुलिखेलमा आज एमाले धुलिखेल नगर कमिटीद्वारा तिहार, नेपाल सम्वत् ११४४ तथा छठ पर्वको अवसरमार आयोजित चियापानमा महासचिव पोखरेलले संस्कृतिप्रति गर्व गर्दै त्यसको जगमा राष्ट्र निर्माणको प्रक्रियाअघि बढाउनुपर्ने बताए।

“हाम्रो संस्कृतिप्रति गर्व गर्नुपर्दछ र त्यसको जगमा राष्ट्र निर्माणको प्रक्रिया अगाडि बढाउनुपर्दछ, अनि मात्रै चुनौतीको सामना गर्न सकिन्छ”, नेता पोखरेलले भने । उनले नेपाली समाजलाई धार्मिक अतिवादतर्फ लैजाने प्रयत्न भएकोमा दुःख व्यक्त गरे । उनले भने, “यसले नेपाली समाजको मौलिक संस्कृतिलाई कमजोर बनाउने छ ।”

महासचिव पोखरेलले पछिल्लो समय नेपाली समाजको मौलिक संस्कृतिलाई विघटन गर्ने प्रवृत्ति नेपाली समाजका लागि निकै चुनौतीपूर्ण रहेको एमालेको दृष्टिकोण रहेको बताए । “राष्ट्र विभिन्न चुनौतीबाट गुज्रिरहेको छ, अराजकता र चुनौतीको समाना गर्नसक्ने योजनाका साथ अघि बढ्नुपर्छ”, उनले भने । देश निर्माण गर्न बलियो जनादेशको आवश्यक पर्ने उहाँको तर्क थियो ।

एमाले पोलिटब्यूरो सदस्यद्वय गोकुलप्रसाद बाँस्कोटा र कृष्ण राई, एमाले जिल्ला अध्यक्ष अशोक ब्याञ्जू, एमाले धुलिखेल नगर कमिटी अध्यक्ष दयाराम महतलगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ८ : ४२ बजे

‘महको माग बढ्दो छ, बिक्री गर्न बजारको समस्या छैन’

गण्डकी– कास्कीको पोखरा महानगर क्षेत्रमा दुई हजारभन्दा बढी व्यक्ति मौरीपालन

सामाजिक सञ्जालमा कानून विपरीत अभिव्यक्ति दिनेमाथि कारबाही गर्दै साइबर ब्यूरो

काठमाडौं – प्रहरीले सामाजिक सञ्जालमा कानून विपरीत अभिव्यक्ति दिएर भ्रमण

‘गोल घर’ संरक्षण गर्दै उद्योग वाणिज्य सङ्घ स्याङ्जा

स्याङ्जा– पछिल्ला वर्षहरूमा गाउँ तथा सहरमा पक्की घर बन्दै गएका

सीमा नाकाका विद्युतीय पोलमा राष्ट्रिय झण्डा

रुपन्देही– रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय