मौलिक संस्कृतिप्रति गर्व गर्नुपर्छ : महासचिव पोखरेल « Khabarhub

मौलिक संस्कृतिप्रति गर्व गर्नुपर्छ : महासचिव पोखरेल


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशको मौलिक संस्कृतिप्रति गर्व गर्नुपर्ने बताएका छन् ।

काभ्रेपलाञ्चोकको धुलिखेलमा आज एमाले धुलिखेल नगर कमिटीद्वारा तिहार, नेपाल सम्वत् ११४४ तथा छठ पर्वको अवसरमार आयोजित चियापानमा महासचिव पोखरेलले संस्कृतिप्रति गर्व गर्दै त्यसको जगमा राष्ट्र निर्माणको प्रक्रियाअघि बढाउनुपर्ने बताए।

“हाम्रो संस्कृतिप्रति गर्व गर्नुपर्दछ र त्यसको जगमा राष्ट्र निर्माणको प्रक्रिया अगाडि बढाउनुपर्दछ, अनि मात्रै चुनौतीको सामना गर्न सकिन्छ”, नेता पोखरेलले भने । उनले नेपाली समाजलाई धार्मिक अतिवादतर्फ लैजाने प्रयत्न भएकोमा दुःख व्यक्त गरे । उनले भने, “यसले नेपाली समाजको मौलिक संस्कृतिलाई कमजोर बनाउने छ ।”

महासचिव पोखरेलले पछिल्लो समय नेपाली समाजको मौलिक संस्कृतिलाई विघटन गर्ने प्रवृत्ति नेपाली समाजका लागि निकै चुनौतीपूर्ण रहेको एमालेको दृष्टिकोण रहेको बताए । “राष्ट्र विभिन्न चुनौतीबाट गुज्रिरहेको छ, अराजकता र चुनौतीको समाना गर्नसक्ने योजनाका साथ अघि बढ्नुपर्छ”, उनले भने । देश निर्माण गर्न बलियो जनादेशको आवश्यक पर्ने उहाँको तर्क थियो ।

एमाले पोलिटब्यूरो सदस्यद्वय गोकुलप्रसाद बाँस्कोटा र कृष्ण राई, एमाले जिल्ला अध्यक्ष अशोक ब्याञ्जू, एमाले धुलिखेल नगर कमिटी अध्यक्ष दयाराम महतलगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ८ : ४२ बजे

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि सशस्त्र प्रहरीको उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको

बाढीपहिरो प्रभावित क्षेत्रमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले बाढी तथा विपद्बाट प्रभावित नागरिकको

सम्पर्कविहीन प्रियजन सकुशल भेटिने आशा कायम राखौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बाढीका