एसएसपी मधुसुदन लुइँटेलले दिए राजीनामा « Khabarhub

एसएसपी मधुसुदन लुइँटेलले दिए राजीनामा


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मधुसुदन लुइँटेलले राजीनामा दिएका छन् । प्रहरी राष्ट्रिय तालिम प्रतिष्ठानमा कार्यरत लुइँटेलले घरायसी कारण देखाउँदै राजीनामा दिएका हुन् ।

उनले उमेरहदका कारण अवकाश पाउन लागेका थिए । तर अवकाशको दुई साताअघि नै लुइँटेलले राजीनामा दिए।

लुइँटेल २०७७ पुस २७ गते प्रहरी उपरीक्षक (एसपी)बाट एसएसपीमा बढुवा भएका थिए । उनले करिब तीन वर्ष एसएसपीको जिम्मेवारी सम्हालेका छन् ।

उनको राजीनामा स्वीकृतसमेत भइसकेको गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ९ : २६ बजे

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको

रविविरुद्धका मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयलाई चुनौती दिँदै सर्वोच्चमा रिट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर सम्पत्ति शुद्धीकरण

घरधनीकै योजनामा एसबीआई बैंकको शाखा लुटपाट, छविलालले हतियार व्यवस्थापनसँगै सूचना दिएका थिए

काठमाडौं-सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा गत पुस

चितवन पुगेर प्रचण्डले भने- कांग्रेसको फुटले निर्वाचनलाई असर गर्दैन

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको फुटका