भूकम्पबाट ज्यान गुमाएका परिवारलाई नगद सहयोग | Khabarhub Khabarhub

भूकम्पबाट ज्यान गुमाएका परिवारलाई नगद सहयोग


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

रुकुम – रुकुम पश्चिममा भूकम्पका कारण ज्यान गुमाएका मृतकका परिवारलाई आजदेखि नगद राहत वितरण सुरु गरिएको छ । सानीभेरी गाउँपालिका र आठविसकोट नगरपालिका–१४ मा राहत स्वरुप मृतकका परिवारलाई नगत हस्तान्तरण गरिएको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरीप्रशाद पन्तले भूकम्पबाट ज्यान गुमाएका मृतकका परिवारलाई नगत हस्तान्तरण गरे। सानीभेरी गाउँपालिका–१ का छ जनाको परिवार, वडा नम्वर २ का एक जनाको परिवार र वडा नम्वर ४ का पाँच जना मृतकको परिवारलाई नगत वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले जानकारी दिए ।

सरकारले भूकम्पमा परी मृत्यु भएका परिवारलाई दुई लाख नगत राहत दिने निर्णय गरेको थियो । एउटा घरमा एक जनाको मात्र मृत्यु भएको अवस्थामा प्रतिमृतक दुई लाख नगद र एकभन्दा बढीको मृत्यु भएको अवस्थामा एक जनाको दुई लाख र थप मृतकको हकमा एक लाखका दरले रकम हस्तान्तरण गरिएका हो ।

सानीभेरी गाउँपालिका र आठविसकोट–१४ मा भूकम्पबाट मृत्यु भएका परिवारलाई राहत रकम प्रदान गरेको जिल्ला विपत् व्यवस्थापन समितिले शनिबार आठबीसकोट नगरपालिकाका बाँकी वडामा राहत वितरण गर्नेछ । आठबीसकोटमा ४२ जनाको मृत्यु भएको छ । मृतकका नजिकका कानुनी हकवालालाई राहत वितरण गरिनेछ ।

मृतकका परिवारलाई नगद राहतका लागि सरकारबाट रु पाँच करोड बजेट जिल्ला विपत् व्यवस्थापन समितिमा आएको छ । त्यसबाट कति खर्च हुन्छ भन्ने यकीन नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यस्तै सानीभेरी गाउँपालिकाले दिने भनेको किरिया खर्च पनि आजै हस्तान्तरण गरिएको छ । गाउँपालिकाले प्रतिमृतक २५ हजारका दरले परिवारलाई किरिया खर्च दिने भनिएकामा आज उक्त रकम हस्तन्तरण गरिएको हो ।

जाजरकोटमा भने नगद राहत वितरणमा समय लाग्ने भएको छ । अहिले राहत वितरणमै ध्यान केन्द्रित भएकाले नगद राहत वितरणमा समय लाग्ने सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले बताउनुभयो । मृतकका कानुनी हकवालाको पहिचान, मृत्यु दर्ता, प्रहरी मुचुल्कालगायत प्रक्रिया पूरा गर्न बाँकी भएकाले नगद राहतका लागि पीडितले अझै केही समय कुर्नुपर्ने उहाँको भनाइ छ । जिल्लामा एक सय एक जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ९ : ४३ बजे

हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु पूर्णिमाको  शुभकामना व्यक्त गर्दै

चारआना, चारपाङ्ग्रे र चाकरीको चकचकी

आँगनमा चारो टिप्दै गरेको कुखुरा हेरेर टोलाइरहेको एउटा मनोरोगी गम्न

बाढीले रसुवाको टिमुरे भन्सार क्षेत्र ध्वस्त (तस्बिरहरू)

काठमाडौं– मंगलबार बिहान रसुवामा एक्कासी आएको बाढीले ठूलो जनधनको क्षति

इन्धन अभावले गाजाका अस्पतालमा समस्या : एम्बुलेन्स चल्नसमेत कठिन

गाजा – गाजामा इन्धन अभावका कारण अस्पतालमा समस्या हुन थालेको

कार्टुन एनिमेसन बनाउन सम्झौता

काठमाडौं – कार्टुन एनिमेसनलाई प्रयोग गर्दै पुतली बनाउने विषयमा ओम