भूकम्पबाट ज्यान गुमाएका परिवारलाई नगद सहयोग « Khabarhub

भूकम्पबाट ज्यान गुमाएका परिवारलाई नगद सहयोग


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

रुकुम – रुकुम पश्चिममा भूकम्पका कारण ज्यान गुमाएका मृतकका परिवारलाई आजदेखि नगद राहत वितरण सुरु गरिएको छ । सानीभेरी गाउँपालिका र आठविसकोट नगरपालिका–१४ मा राहत स्वरुप मृतकका परिवारलाई नगत हस्तान्तरण गरिएको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरीप्रशाद पन्तले भूकम्पबाट ज्यान गुमाएका मृतकका परिवारलाई नगत हस्तान्तरण गरे। सानीभेरी गाउँपालिका–१ का छ जनाको परिवार, वडा नम्वर २ का एक जनाको परिवार र वडा नम्वर ४ का पाँच जना मृतकको परिवारलाई नगत वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले जानकारी दिए ।

सरकारले भूकम्पमा परी मृत्यु भएका परिवारलाई दुई लाख नगत राहत दिने निर्णय गरेको थियो । एउटा घरमा एक जनाको मात्र मृत्यु भएको अवस्थामा प्रतिमृतक दुई लाख नगद र एकभन्दा बढीको मृत्यु भएको अवस्थामा एक जनाको दुई लाख र थप मृतकको हकमा एक लाखका दरले रकम हस्तान्तरण गरिएका हो ।

सानीभेरी गाउँपालिका र आठविसकोट–१४ मा भूकम्पबाट मृत्यु भएका परिवारलाई राहत रकम प्रदान गरेको जिल्ला विपत् व्यवस्थापन समितिले शनिबार आठबीसकोट नगरपालिकाका बाँकी वडामा राहत वितरण गर्नेछ । आठबीसकोटमा ४२ जनाको मृत्यु भएको छ । मृतकका नजिकका कानुनी हकवालालाई राहत वितरण गरिनेछ ।

मृतकका परिवारलाई नगद राहतका लागि सरकारबाट रु पाँच करोड बजेट जिल्ला विपत् व्यवस्थापन समितिमा आएको छ । त्यसबाट कति खर्च हुन्छ भन्ने यकीन नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यस्तै सानीभेरी गाउँपालिकाले दिने भनेको किरिया खर्च पनि आजै हस्तान्तरण गरिएको छ । गाउँपालिकाले प्रतिमृतक २५ हजारका दरले परिवारलाई किरिया खर्च दिने भनिएकामा आज उक्त रकम हस्तन्तरण गरिएको हो ।

जाजरकोटमा भने नगद राहत वितरणमा समय लाग्ने भएको छ । अहिले राहत वितरणमै ध्यान केन्द्रित भएकाले नगद राहत वितरणमा समय लाग्ने सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले बताउनुभयो । मृतकका कानुनी हकवालाको पहिचान, मृत्यु दर्ता, प्रहरी मुचुल्कालगायत प्रक्रिया पूरा गर्न बाँकी भएकाले नगद राहतका लागि पीडितले अझै केही समय कुर्नुपर्ने उहाँको भनाइ छ । जिल्लामा एक सय एक जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ९ : ४३ बजे

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने

काठमाडौँ– सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक

तनावपूर्ण खेलमा भिड्दै इङ्गल्यान्ड र मेक्सिको : दुई पेनाल्टी, एउटा रातो कार्ड

काठमाडौँ – फिफा विश्वकपको नकआउट चरण (अन्तिम १६) को एक

विश्वकप फुटबल : पहिलो हाफमा मेक्सिको विरुद्ध इंग्ल्याण्डलाई २–१ को अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल अन्तर्गत अन्तिम १६ को खेलमा अहिले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– संघीय संसद्‌अन्तर्गत प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक

फिफा नियममाथि ट्रम्पको ‘पावर’: अमेरिकी खेलाडीले पाएको रातो कार्ड फुकुवा

काठमाडौँ – फिफा विश्वकपको एउटा स्थापित र अकाट्य नियम छ-