देशभक्त विद्यार्थी उत्पादन गनुपर्छ : बिजुक्छे | Khabarhub Khabarhub

देशभक्त विद्यार्थी उत्पादन गनुपर्छ : बिजुक्छे


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भक्तपुर –नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेले देश र जनताको सेवा गर्ने देशभक्त विद्यार्थी उत्पादन गर्नु हरेक शैक्षिक प्रतिष्ठानको दायित्व भएको बताएका छन् ।

आज वागीश्वरी कलेज, वागीश्वरी कलेज अफ म्यानेजमेन्ट र वागीश्वरी माध्यमिक विद्यालयको उद्घाटन गर्दै नेता विजुक्छेले राष्ट्र र राष्ट्रियताको रक्षा गर्ने तथा राष्ट्रप्रेम जागृत हुने पाठ्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिए।

बिजुक्छेले भने, “देश र जनताको सेवा गर्ने भावना हाम्रा विद्यार्थीमा विकास गर्नुपर्छ ।” उनले बढ्दो वैदेशिक हस्तक्षेपविरुद्ध प्रतिरोधको क्षमता आजका विद्यार्थीमा जगाउनुपर्नेमा जोड दिए।

कलेज व्यवस्थापन समिति अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वागीश्वरी कलेजले कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको दाबी गरे । नेमकिपा केन्द्रीय सदस्य एवं वागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं, भक्तपुर नगरपालिका–९ का वडाध्यक्ष एवं वागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्व, कलेजका प्राचार्य धनकुमार श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ९ : ४७ बजे

कर्णाली सरकारलाई निजामती कर्मचारीको नीति, कार्यक्रम लक्षित सुझाव (पूर्ण पाठसहित)

सुर्खेत– कर्णाली प्रदेशको नीति तथा कार्यक्रम र बजेटमा आउन लाग्दा

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पनि पारित

काठमाडौं – आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले पेश

आव ०८२/८३ को बजेटमा नेप्सेको संरचनागत सुधार गरिने

काठमाडौं–आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले नेपाल स्टक एक्सचेञ्ज

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७५ प्रतिशत सकियो

चितवन- भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा शुरु गरिएको भूमिगत विद्युतीकरणको काम

यस्तो छ आगामी बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)

काठमाडौं – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्‌मा