विमानस्थलबाट साढे ६ केजी सुन बरामद « Khabarhub

विमानस्थलबाट साढे ६ केजी सुन बरामद


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद भएको छ । दुबईबाट अवैध रुपमा ल्याइएको सुन गएराति विमानस्थल भन्सार कार्यालयले बरामद गरेको हो ।

विमानस्थल सुरक्षा प्रहरी कार्यालयका डिआइजी अर्जुन चन्द ठकुरीले फ्लाइ दुबईको जहाजमा आएका यात्रुको साथबाट ६ केजी ५९० ग्राम सुन बरामद गरिएको जानकारी दिए ।

पक्राउ परेका इजिप्टियन नागरिक सेरिफ मोहम्मद ल्यासिन एफ जेट ५७३ फ्लाइ दुबइबाट शनिबार राति ११ बजेर ५१ मिनेटमा अवतरण भएका थिए । उनलाई सुन भन्सारबाट पास भइ बाहिरिसकेको अवस्थाबाट पक्राउ गरेको बुझिएको छ । उनले भित्री ज्याकेटमा खल्ती बनाएर सुन तस्करी गरी ल्याएको पाइएको छ ।

बरामद गरिएको सुन पाउडरको रुपमा रहेको छ । सुन धुलो बनाउँदा मेटल डिटेक्टरमा आवाज आउँदैन भनेर निजले धुलो बनाएर ल्याएको हुनसक्ने प्रहरीको बुझाइ छ ।

सालेहसँगै एक सुडानी नागरिक पनि पक्राउ परेका छन् । बरामद सुन र व्यक्तिलाई विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ।

यसअघि गत शुक्रबार पनि विमानस्थलबाट १४ किलो सुन बरामद भएको थियो।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ११ : ११ बजे

रास्वपाका दर्जनौँ नेता–कार्यकर्ता जसपा नेपालमा प्रवेश

राजविराज– राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुपुर गाउँपालिका अध्यक्ष पदका प्रत्यासी मुनिलाल

तेस्रो मुलुकका नागरिकलाई छ वर्षपछि खुल्यो जमुनाह नाका

नेपालगञ्ज– जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु भएको

जुम्लामा नौ सय चौहत्तर निर्वाचन प्रहरी छनोट

जुम्ला– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बागबजार र बबरमहलमा ‘बक्स कल्भर्ट’ निर्माण गरिँदै

काठमाडौं– काठमाडौँ महानगरपालिकाले बागबजार र बबरमहलमा ‘बक्स कल्भर्ट’ निर्माण गर्ने

युवापुस्ताको आवाजलाई कांग्रेसले आत्मसात् गरेको छ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको आवाजलाई कांग्रेसले