विमानस्थलबाट साढे ६ केजी सुन बरामद « Khabarhub

विमानस्थलबाट साढे ६ केजी सुन बरामद


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद भएको छ । दुबईबाट अवैध रुपमा ल्याइएको सुन गएराति विमानस्थल भन्सार कार्यालयले बरामद गरेको हो ।

विमानस्थल सुरक्षा प्रहरी कार्यालयका डिआइजी अर्जुन चन्द ठकुरीले फ्लाइ दुबईको जहाजमा आएका यात्रुको साथबाट ६ केजी ५९० ग्राम सुन बरामद गरिएको जानकारी दिए ।

पक्राउ परेका इजिप्टियन नागरिक सेरिफ मोहम्मद ल्यासिन एफ जेट ५७३ फ्लाइ दुबइबाट शनिबार राति ११ बजेर ५१ मिनेटमा अवतरण भएका थिए । उनलाई सुन भन्सारबाट पास भइ बाहिरिसकेको अवस्थाबाट पक्राउ गरेको बुझिएको छ । उनले भित्री ज्याकेटमा खल्ती बनाएर सुन तस्करी गरी ल्याएको पाइएको छ ।

बरामद गरिएको सुन पाउडरको रुपमा रहेको छ । सुन धुलो बनाउँदा मेटल डिटेक्टरमा आवाज आउँदैन भनेर निजले धुलो बनाएर ल्याएको हुनसक्ने प्रहरीको बुझाइ छ ।

सालेहसँगै एक सुडानी नागरिक पनि पक्राउ परेका छन् । बरामद सुन र व्यक्तिलाई विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ।

यसअघि गत शुक्रबार पनि विमानस्थलबाट १४ किलो सुन बरामद भएको थियो।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ११ : ११ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, दर्शकको मन जित्न तम्तयार दयाहाङ-विजय ?

काठमाडौं– नेपाली फिल्मको लोकप्रिय शृङ्खला ‘कबड्डी’ फेरि दर्शकमाझ आउने तयारीमा

इरानलाई रुस र चीनको सहयोगबारे ट्रम्पको अविश्वास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनले इरानलाई सहयोग

भारतको उत्तराखण्डमा गुट्खा र पान मसला बेच्न एक वर्षको प्रतिबन्ध

काठमाडौं- नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्ड राज्यले जनस्वास्थ्यलाई मध्यनजर गर्दै

विपद् भोगिरहेको नेपाललाई सघाउन संयोजक दाहालको अपिल

रसुवा– नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको संवाद

पोखरा– शिक्षा तथा खेलकुद मन्त्रालयले प्रस्तावित विद्यालय शिक्षा ऐनलाई व्यावहारिक,