आयोगका सिफारिस कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता | Khabarhub Khabarhub

आयोगका सिफारिस कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानवअधिकार आयोगले गरेका सिफारिस शतप्रतिशत कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगले ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले  आयोगका सबै सिफारिस कार्यान्वयनका लागि आफूले प्रयत्न गर्ने बताए ।

प्रधानमन्त्री दाहालले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गरी पीडितलाई  अनुभूत हुने गरी न्याय  दिलाउन सरकारले निरन्तर काम गरिरहेको र राजनीतिकरूपमा पनि आफूले प्रयास गरिरहेको बताए । उनले आयोगलाई सशक्त र प्रभावकारी बनाउन सरकारबाट हरसम्भव सहयोग स्पष्ट पारे ।

प्रधानमन्त्री दाहालले सरकार मानव अधिकार संरक्षण प्रति प्रतिवद्ध रहेको र मानव अधिकारको संरक्षणका लागि संविधानमा नै  ३१ वटा मौलिक हकको व्यवस्था गरिएको बताए ।

आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले गरेका सिफारिस १५.३ प्रतिशत मात्र पूर्णरूपमा कार्यान्वयन भएका बताउँदै संवैधानिक आयोगका सिफारिस कार्यान्वयनलाई प्राथमिकतामा राख्न आग्रह गरे ।

उनले २०७२ को भूकम्पका कारण क्षति भएको आयोगको भवन निर्माण नहुँदा दैनिक कार्यसम्पादनमा प्रभावित भएको गुनासो गरे । अध्यक्ष मगरले सङ्क्रमणकालीन न्यायमा ढिलाइ भएकाले त्यससम्बन्धी प्रक्रिया चाँडो अघि बढाउन आग्रह गरे ।

गैरसरकारी महासङ्घका अध्यक्ष रामप्रसाद सुवेदीले वर्तन संविधान उत्कृष्ट भए पनि संवैधानिक संयन्त्र र कार्यान्वयनको अवस्था कमजोर रहेका बताए । उनले राज्यका संयन्त्रले प्रभावकारीरूपमा काम नगर्नाले गणतन्त्रप्रति निराशाजनक अभिव्यक्ति आएको बताए ।

पन्ध्रौँ मानव अधिकार महाभेलाका संयोजक दीपक सोनीले सङ्क्रमणकालीन न्यायलाई पूरा गर्न सरकार प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिँदै हरेक नागरिकको मानव  अधिकार सुनिश्चित गर्न प्राथमिकता दिनुपर्ने माग गरे ।

   

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  १२ : ५२ बजे

मेयरको घर र महानगर कार्यालय जलाउनेमा रास्वपाका दुई सभापति, दुवैजना निलम्बनमा परे

कास्की- पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको घरमा आगजनी र तोडफोडमा

फागुन २१ को निर्वाचनमा भाग लिने कांग्रेसको संकेत

काठमाडौं– भ्रष्टाचार र सरकारी बेथितिविरूद्ध जेन–जी पुस्ता सडकमा उत्रिएपछि उत्पन्न

मधेशी आयोगका सदस्य गुप्ताले दिए राजीनामा

काठमाडौं– मधेशी आयोगका सदस्य विजयकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्

मानवअधिकार आयोगका सदस्य ढुंगेलले दिए राजीनामा

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगका सदस्य डा. सूर्यप्रसाद ढुंगेलले राजीनामा दिएका

खाद्य कम्पनीको चाडपर्वलक्षित सुपथ पसल सुरु

काठमाडौं– बडादसैँ, तिहार र छठ पर्वका अवसरमा खाद्य व्यवस्था तथा