रोमको अस्पतालमा आगलागी हुँदा चार जनाको मृत्यु, २०० जना भन्दा बढीको उद्धार « Khabarhub

रोमको अस्पतालमा आगलागी हुँदा चार जनाको मृत्यु, २०० जना भन्दा बढीको उद्धार


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

रोम– रोमको टिभोलीस्थित सान जियोभान्नी इभान्जेलिस्टा अस्पतालको शवगृहमा शुक्रबार राति भएको आगलागीमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी घाइते छन् ।

इटालीको फायर ब्रिगेडलाई उद्धृत गर्दै बताइए अनुसार राति करिब १० ३० बजे शवगृह, क्लिनिक र भान्सा नजिक एक्कासि आगोले समातेको र तुरुन्तै माथिल्लो तलाको आपतकालीन कोठासम्म फैलिएको थियो ।

मृतक चार जनामध्ये दुई जनाको धुवाँले निसास्सिएर मृत्यु भएको बताइएको छ भने एक जनाको हृदयाघातका कारण मृत्यु भएको र अर्का एक जनाको जलेर मृत्यु भएको छ । शवगृहमा रहेका अन्य शव पनि जलेको पाइएको छ ।

उद्धार गरिएका मध्ये सात बालबालिका र धेरैजसो बच्चाहरू रहेका छन् । अस्पतालका प्रवक्ताले बताए अनुसार उद्धार गरिएका मध्ये १३४ जनालाई नजिकैका अस्पतालहरूमा लगिएको छ ।

आकस्मिक कोठामा उपचारका लागि पर्खिरहेका प्रत्यक्षदर्शीहरूका अनुसार एक्कासि बिजुली गएको र आगो सनसनी रूपमा फैलिएको बताएका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  १ : १५ बजे

रैथाने बाली संकटमा, कालो भट्टको बीउ गाउँबाटै हरायो

पाल्पा– माथागढी गाउँपालिका ओलेसका किसानले उब्जाउ गर्नै गरेको स्थानीय दानाको

गगनको निम्तो स्वीकारेका मीनले भने- देउवालाई सर्वोच्च नेता स्वीकार्न हामी सबै तयार छौँ

काठमाडौं– नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टी विभाजन हुन नदिन

योगेशले लिखित रुपमै भने : पार्टीले धक्का खाएको छ, ओलीले नेतृत्वबाट बिदा लिनु पर्छ

काठमाडौं- नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टीको जारी केन्द्रीय

बाढीमा बेपत्ताको पहिचान गर्न अब नास्टमा पनि डीएनए परीक्षण

काठमाडौं– रसुवा–नुवाकोटमा गएको प्रलयकारी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता व्यक्तिको

महामन्त्री पौडेलको प्रमुख आतिथ्यतामा कांग्रेस काठमाडौं महानगर अधिवेशन सुरु

काठमाडौं– नेपाल कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत काठमाडौँ महानगर समितिको अधिवेशन