दिल्ली उडे प्रधानमन्त्री बालेन (फोटो फिचर) « Khabarhub

दिल्ली उडे प्रधानमन्त्री बालेन (फोटो फिचर)


६ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने औपचारिक राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत नयाँदिल्ली प्रस्थान गरेका हुन् ।

विमानस्थलमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र रास्वपा प्रवक्ता जगदीश खरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट बिदाइ गरेका छन् ।

प्रधानमन्त्री शाह ३५ सदस्यीय नेपाली प्रतिनिधिमण्डल भारत गएको छ ।

भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र, स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, मिडिया व्यवस्थापन संयोजक दीपा दाहाल र संस्कृति तथा सम्पदा समन्वय उप–संयोजक विनय शाक्य सहभागी छन् । यस्तै, टोलीमा उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी तथा सरकारी सञ्चारमाध्यमका ३ जना प्रतिनिधिसमेत सामेल छन् ।

भ्रमण तालिकाअनुसार आज पहिलो दिन प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । भोलि सोमबार बिहान नयाँदिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा श्रद्धासुमन अर्पण गरेपछि प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता हुनेछ । भ्रमणकै क्रममा शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेट गर्नेछन् ।

वार्ता र भेटघाटका क्रममा दुई देशबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल (कनेक्टिभिटी) तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ । सोही अवसरमा सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी सम्पन्न भइसकेका विभिन्न परियोजनाहरूको संयुक्त उद्घाटन र नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । साथै, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकास जस्ता क्षेत्रमा सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्र (एमओयू) मा हस्ताक्षर तथा आदानप्रदान गरिनेछ ।

दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार ६:३५ बजे नेपाल एयरलाइन्सकै नियमित उडानबाट स्वदेश फर्कने कार्यतालिका छ । स्वदेश फर्किएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी भ्रमणका उपलब्धिबारे जानकारी गराउनेछन् ।

प्रकाशित मिति : ६ मंसिर २०८३, आइतबार  २ : २७ बजे

दिल्ली उडे प्रधानमन्त्री बालेन (फोटो फिचर)

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने औपचारिक राजकीय भ्रमणका लागि

आमाको माया र छोराको संघर्षको कथा बोकेको ‘सारथि’को ट्रेलर सार्वजनिक

काठमाडौं– आमाले छोराका लागि कति संघर्ष गर्न सक्छिन् ? जीवनका

भारत भ्रमणअघि बालेनलाई रविले के सुझाव दिए ?

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

यस्तो छ प्रधानमन्त्री बालेन बस्ने ताज होटल (तस्बिरहरु)

नयाँ दिल्ली – प्रधानमन्त्री वालेन्द्र शाह बालेन आज आइतबार अपराह्न दुई

प्रधानमन्त्री वालेन्द्र शाह भारत प्रस्थान

काठमाडौँ – प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ