मादल बनाउन छालाको अभाव « Khabarhub

मादल बनाउन छालाको अभाव


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा- मादल बनाउनका लागि अत्यावश्यक पर्ने छालाको अभाव हुँदै जाँदा पेसा नै सङ्कटमा पर्न थालेको छ । मादललगायत बाजा बनाउन आवश्यक पर्ने विशेषगरी गोरुको छाला नपाइँदा पेसा नै सङ्कटमा पर्दै गएको मादल व्यवसायी विकास गन्धर्व बताउँछन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ कारागार चोकमा मादल बनाउँदै आएका उनले मादललगायत बाजा बनाउन माग भए पनि छालाको अभावले मागअनुसारको मादल बनाउन नसकिएको बताए ।

“हामीले यहीँ नै पूखौँदेखि मादल बनाउने पेसा अङ्गाल्दै आएका हौँ पहिला छालाको अभाव थिएन । तर आजभोलि गाई–गोरुको छाला पाइँदैन, त्यसैले भनेजस्तो बाजा बनाउन सकेका छैनौँ,” उनले भने, “गाई–गोरुको छालाबाट बनाइएको मादल राम्रो हुनाका साथै बाजाको आवाज पनि फरक खालको हुन्छ हामीले बाजा बनाउन गाई–गोरु मार्न खोजेका होइनौँं, कानुन विपरीतको काम गर्दै गर्दैनौँ तर अचेल मरेको गाई तथा गोरुको छाला तर्न पनि पाएका छैनौँ ।”

गाई–गोरुको छाला पाउन छाडेसँगै विकल्पका रुपमा उँट तथा बाख्राको छाला प्रयोग गरे पनि त्यो राम्रो नहुने र उँटको छाला पनि बाहिरबाट प्रशोधन गरेर ल्याउँदा महँगो पर्नाकासाथै उक्त छालाबाट बनाइएको बाजाको आवाज राम्रो नआउने विकासले बताए । त्रिपन्न वर्षीय पदम गन्धर्वले आफ्ना हजुरबुवा तथा बुवाहरुबाट सिकेको सीप अहिले आफ्ना छोरालाई हस्तान्तरण गरिरहेका छन् ।

आफूले जानेको सीप छोरालाई सिकाइएकाले अहिले छोराहरुले सबै प्रकारका मादल ब्यावसायिकरुपमै उत्पादन गर्दै आइरहेका उनले उल्लेख गरे। । विकासले  पनि १४ वर्षदेखि मादल बनाउन सिकेको बताए  । अहिले पदमसहित परिवारका चार–पाँच जनाले यही पेसालाई निरन्तरता दिई आम्दानी गर्दै आइरहेका छन् ।

मादल बनाउन पहिला भीडभाड हुने गरेको स्मरण गर्दै पदमले भने, “अहिले त छालाको अभाव एकातिर छ भने अर्कोतिर साउण्ड सिस्टम तथा स्पिकरले यस पेसालाई चुनौती दिइरहेको छ ।” मादलका लागि आवश्यक पर्ने उत्तिस तथा कटहरका काठ र बारुद धादिङका गाउँबाट ल्याउने गरेको र यसबाट ढोलकी, दमाहा, ट्याम्को, ढ्याङ्ग्रो, खैँजडी, तन्दुर र नेवार समुदायले प्रयोग गर्ने खिनलगायत सानादेखि ठूला मादल बन्ने गरेको छ । सानोमा रु एक हजार आठसयदेखि ठूलोमा रु बीस हजारसम्म पर्ने मादल यहाँ छन् । यहाँ उत्पादन भएको मादल पाल्पा, बुटवल, पोखरा, बागलुङका साथै अमेरिका, अष्ट्रेलिया, जापानमा पुग्ने गरेको छ ।

“हाम्रो पेसामा अहिले देखिएको मुख्य समस्या भनेकै गाई–गोरुको छाला हो” पदमले भने, “विशेष गरी दमाहाका लागि र तुना बनाउन गाई–गोरुको छाला नभइ हुँदैन, त्यो पाइदैन, नपाउँदा नयाँ बनाउन वा मर्मत गर्न पनि सकस परेको छ ।”

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ३ : ३७ बजे

चट्याङ लागेर जुम्लामा एक युवकको मृत्यु

जुम्ला– जुम्लामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

पत्रकार खेम भण्डारी कञ्चनपुरबाट पक्राउ

कञ्चनपुर – कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला

मात्रा नमिलाई आँप खाँदा हुनसक्छ स्वास्थ्य समस्या

काठमाडौँ- यतिबेला बजारमा आँपको किनबेच निकै बढेको छ । वर्षायामको

रास्वपामा मनोनयनको सकस : ५१ पदका लागि रविसामु १०० भन्दा बढीको लिस्ट

काठमाडौँ- बुधबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकमा

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा लाग्ने पाँच विदेशी