पर्यटकको बसाइ लम्ब्याउन नयाँ पर्यटकीय गन्तव्य पहिचान « Khabarhub

पर्यटकको बसाइ लम्ब्याउन नयाँ पर्यटकीय गन्तव्य पहिचान


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी र पुनहिल भ्रमणमा आउने पर्यटकको बसाइ लम्बाउन नयाँ गन्तव्यको विकास गरिएको छ । स्थानीय समुदाय, अन्नपूर्ण गाउँपालिका, प्रदेश र सङ्घीय सरकारको निकायमार्फत घोडेपानी–पुनहिल आसपासमा नयाँ गन्तव्य बनाइएको हो ।

घोडेपानीका बासिन्दा तथा अन्नपूर्ण गाउँपालिकाका पूर्व अध्यक्ष डमबहादुर पुनले प्यारीबाराही ताल, फूलबारी, मोहरेडाँडा, कालीसारलाई नयाँ गन्तव्य बनाएर पर्यटकको बसाइ लम्बाउन पहल गरिएको जानकारी दिए । “घोडेपानी समेटिएको अन्नपूर्ण चक्रीय पदमार्गको यात्राअवधि सडक बनेपछि १५ दिनबाट सात दिनमा छोटिएको छ,” उनले भने “छोटिएको पर्यटकको बसाइ लम्बाउन पहिचान गरिएका नयाँ गन्तव्यमा पूर्वाधार निर्माण र प्रचारप्रसारमा जोड दिएका छौँ ।”

अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानीदेखि वडा नं ७ को प्यारीबाराही ताल जोड्ने साइकल र पोन्नी ‘टे«ल’ (घोडा मार्ग) निर्माण भएको स्थानीयबासी सुशील पुनले बताए । “लालिगुराँसको घना जङ्गलको बीचमा समथर चौर भएको कालीसार भन्ने ठाउँमा चरा अवलोकनस्थल बनाइएको छ,” उनले भने “गुराँसे जङ्गलको पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण रेञ्जका हिमालको दृष्य अवलोकन गर्न सकिन्छ ।” भालखारामा पर्यटक चढ्ने घोडा बाँध्ने तबेला निर्माण भएको छ ।

घोडेपानी र प्यारीबाराही क्षेत्रको जङ्गलमा डाँफे, कालिज, मृग, चितुवा, घोरललगायत वन्यजस्तुको अवलोकन गर्न सकिन्छ । जङ्गलको बीचमा रहेको प्यारीबाराही तालको धार्मिक तथा पर्यटकीय सम्भावना रहेको पुनले बताए । उनका अनुसार तालमा हिमालको छायाँ देख्न सकिन्छ । जनैपूर्णीमा पर्वमा यहाँ पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने विश्वासका साथ मेला लाग्ने गरेको स्थानीय बताउँछन् । करिब दुई सय मिटर लम्बाइ र एक सय मिटर चौडाइमा गोलो आकारमा फैलिएको ताल आकर्षक छ । तालमा खस्ने पात चराले टिपेर फाल्ने गरेको स्थानीयवासी बताउँछन् ।

डिभिजन वन कार्यालयको सहयोगमा कालीसारमा ५० रोपनी खाली चौरमा विभिन्न संरचना निर्माण गरेर गुराँसपार्क बनाइएको वडा नं ६ का वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए । “ठूलाठूला अक्षरको ब्लकबाट पोखरा–जोमसोम उडान भर्ने पर्यटकले जहाजबाटै हेर्न सक्ने गरी गुराँसपार्क लेखिएको सेल्फी बोर्ड बनाइएको छ,” उनले भने “घना गुराँसे जङ्गलका बीचमा रहेको पार्क अवलोकन गर्न जाने पर्यटकको लागि शौचालय, चरा अवलोकन गर्नेका लागि बेञ्च, पानी पर्दा, गर्मीमा ओत लाग्ने गोलघर बनाइएको छ ।”

पार्कभित्र ढुङ्गा विछ्याएर पदमार्ग बनाइएको खड्काले जानकारी दिए । उनका अनुसार पार्कबाट गुराँसको जङ्गलको पृष्ठभूमिमा हिमालको दृश्यावलोकन गर्न सकिन्छ । “पार्कको छेउमा खोल्सा परेको भाग थुनेर वन्यजन्तुका लागि पानी पिउने पोखरी पनि बनाइएको छ । घोडेपानी बस्तीको सिरानबाट पश्चिमोत्तर आधा घण्टा गुराँसे जङ्गलभित्र हिँडेपछि कालीसारस्थित गुराँस पार्क पुगिन्छ”, उनले भने । घान्द्रुकदेखि घोडेपानी–नागीसम्म सबैभन्दा ठूलो लालीगुराँसको जङ्गल छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को अभिलेखअनुसार नेपालमा ३२ प्रजातिका गुराँस पाइन्छन् । त्यसमध्ये घोडेपानी क्षेत्रको जङ्गलमा आठ प्रजातिका पाइन्छन् ।

पार्कबाट थप १५ मिनेट अगाडि बढेपछि गुराँसकै जङ्गलभित्र रहेको सुन्दर प्यारीवराह ताल पुगिन्छ । फर्कंदा प्यारीवराहबाट भलखराचौर हुँदै ४० मिनेटमा घोडेपानी बस्तीको पुछारमा आइपुगिन्छ । घोडेपानीको सिरानबाट कालीसार गुराँस पार्कहुँदै प्यारीबराह ताल पुगेर भल्खराकोबाट तल्लो बाटो हुँदै घोडेपानी साइक्लिङ गर्न सक्छन् । प्यारीबराहदेखि घोडेपानीसम्मको घोडाचढी (पोन्नी ट्रेल) मा जान सकिन्छ ।

डिभिजन वन अधिकृत मनोज रानाभाटले पार्क, घोडा, साइकल र घोडा मार्गमा पर्यटकको चहलपहल बढ्न र घोडेपानीमा पर्यटकको बसाइ अवधि लम्बिएको बताए । कार्यालयले तीन वर्षअघि पनि अन्नपूर्ण–७ रिमा गाउँको सिरानमा रहेको नेसरानी सामुदायिक वनको ४० रोपनी घेराबन्दी गरी गुराँसपार्क बनाएको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ५ : ४५ बजे

बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै

काठमाडौँ – वाणिज्य बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

काठमाडौँ– ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिता : तीनै तहका सरकार र

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको