एसीसी यू–१९ एसिया कपमा अफगानिस्तानसँग नेपाल पराजित, सेमिफाइनल सम्भावना कठिन « Khabarhub

एसीसी यू–१९ एसिया कपमा अफगानिस्तानसँग नेपाल पराजित, सेमिफाइनल सम्भावना कठिन


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एसीसी यू–१९ एसिया कपमा अफगानिस्तानसँग नेपाल पराजित भएको छ ।

दुबईमा आइतबार सम्पन्न खेलमा नेपाल ७३ रनले पराजित भयो । यसअघि पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो ।

अफगानिस्तानले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४०.१ ओभरमा सबै विकेट गुमाएर १ सय ८८ रनमा समेटियो ।

नेपालका ओपनर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गर्दै ९१ रनको इनिङ्स खेलेपनि टोलीलाई जीतसम्म डोर्‍याउन सकेनन् । १ सय ८ बल खेलेका कुमाल ९१ रनमा आउट भए ।

नेपालका अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । कप्तान देव खनाल २४ रन बनाएर पभेलियन फर्किए भने गुल्सन झाले १७ रन बनाए । दीपक बोहरा १५ रनमा आउट हुँदा दीपेश कँडेल ११ रनमा आउट भए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले जमसिद जाद्रानको शतकीय पालीको मद्दतले ४९.३ ओभरमा सबै विकेट गुमाएर २६१ रन बनाएको थियो । रिटायर्ट आउट हुन अघि जादरानले १५२ बलमा १ सय ६ रन बनाए ।

नेपालका हेमन्त धामी, गुलसन झा र सुवास भण्डारीले २–२ विकेट लिए । आकाश चन्द र दिपेश कँडेलको नाममा एक–एक विकेट रह्यो ।

दुई खेलमा हारेको नेपाललाई अब सेमिफाइनल सम्भावना जटिल बन्दै गएको छ ।

आजै भएको खेलमा पाकिस्तानले भारतलाई ८ विकेटले हराउँदा उसको सेमिफाइन पक्का जस्तै भएको छ ।

अब नेपालले भारतसँग र अफगानिस्तानले पाकिस्तानसँग खेलेपछि सेमिफाइनल पुग्ने टिमको टुंगो लाग्नेछ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ६ : ३५ बजे

रास्वपा समानुपातिकको प्रारम्भिक निर्वाचनमा रञ्जु र रमेशलाई लोकप्रिय मत

काठमाडौं- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रारम्भिक मतदानको

राजनीतिमा लागेकी एलिजाको अज्ञानताले उठाएको प्रश्न : सधैँ जीब्रोलाई दोष दिएर उम्कन पाइन्छ ?

काठमाडौं- वरिष्ठ तथा सेलिब्रेटी पत्रकार ऋषि धमाला पत्नी हुन्–एलिजा गौतम

स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री गौतम

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमाका प्रावधानहरू

मुक्तिनाथ मन्दिरको दर्शन गरे मोक्ष मिल्ने जनविश्वास (तस्बिरहरू)

काठमाडौं– मुस्ताङ जिल्लामा समुद्र सतहदेखि ३,७१० मिटरको उचाइमा अवस्थित मुक्तिनाथ

प्रतिनिधिसभा निर्वाचन : कैलालीमा १२ मतदान केन्द्र थप

अत्तरिया– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि कैलालीमा