एलपिएल : घोडाघोडी सेमिफाइनलमा | Khabarhub Khabarhub

एलपिएल : घोडाघोडी सेमिफाइनलमा


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

कैलाली – धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) प्रतियोगितामा घोडाघोडी क्रिकेट एकेडेमी समूह ‘सी’बाट सेमिफाइनल पुगेको छ । यसअघि समूह ‘बी’ बाट युथ अफ टीकापुर सेमिफाइनल पुगिसकेको छ ।

आज भएको खेलमा गरुडा नगरपालिकालाई छ विकेटले पराजित गर्दै घोडाघोडी सेमिफाइनलमा पुगेको हो । घोडाघोडी अहिलेसम्म अपराजित रहेको छ । गरुडासहित आयोजक लिटल फ्लावर स्कुल र सुदूर पश्चिमाञ्चल एकेडेमी पहिलो चरणबाटै बाहिर भएका छन् ।

खेलमा गरुडा नगरपालिकाले दिएको एक सय २९ रनको लक्ष्य घोडाघोडीले १७ दशमलव ५ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍ यो । घोडाघोडीका ओपनर विपिनविक्रम शाही र टेक रावतले ९३ रनको ओपनिङ साझेदारी गर्दै जितको आधार तयार गरे ।

विपिनले ३९ बलमा छ चौका र तीन छक्का मद्दतले ५५ रन बनाए भने टेकले २९ बलमा तीन चौका र दुई छक्का मद्दतले २५ रन बनाए । कृष कार्कीले अविजित १५ तथा निशान्त बुढायरले अविजित १० रन बनाए ।

गरुडाका बलर डब्लु मलिकले तीन तथा नितेश यादवले एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको गरुडा नगरपालिकाले २० ओभरमा सबै विकेट गुमाएर एक सय २८ रन बनायो । गरुडाका लागि डब्लु आनन्द मलिकले सर्वाधिक ३५ रन बनाए । सोभेन्द्र पासवानले २३, नितेश यादवले १९ तथा सैलेन्द्र कुशवाहाले १७ रन बनाए ।

‘प्लेयर अफ दी म्याच’ घोषित घोडाघोडीका बलर भूपेश जोशीले पाँच विकेट लिए । उनले चार ओभरमा मात्र १३ रन खर्चिए । सञ्जय बोहरा, अशोक धामी र नरेश सुनारले एक÷एक विकेट लिए ।

सत्यवती एकेडेमी र लिटल एन्जल्स स्कुल बीचको आजको दोस्रो खेल भने लिटल एन्जल्स टोली अनुपस्थित हुँदा खेल हुन सकेन । समूह ‘डी’ मा रहेको सत्यवतीले खेल नखेलेता पनि दुई अङ्क पाएको छ । सत्यवतीको दुई खेलमा चार अङ्क भएको छ ।

प्रतियोगिताको उपाधि विजेताले रु दुई लाख ५५ हजार र उपविजेताले रु एक लाख २८ हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टोलीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ८ : १८ बजे

अफगानिस्तानमा विस्फोट हुँदा तीन जनाको मृत्यु, पाँच घाइते

काठमाडौं– अफगानिस्तानको बदख्सान प्रान्तको केन्द्रमा बुधबार सुरक्षा बललाई लक्षित गरी

बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं– बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन

विवाह उत्सव र पूजामा आगो किन बालिन्छ ? 

काठमाडौं–  हिन्दु धर्ममा आगोलाई पवित्र मानिन्छ । आफैमा अग्नि देवताको समेत

आउँदो तीन वर्षभित्र तीनै तहमा आयोजना बैंक अनिवार्य

काठमाडौं – सरकारले आगामी तीन वर्षभित्र संघ, प्रदेश र स्थानीय

कोशीमा हिक्मत कार्कीलाई जसपा सांसदको पनि समर्थन

विराटनगर- कोशी प्रदेशमा नयाँ संविधानको धारा १६८ को उपधारा ५