बैतडीमा नेपाल–इन्डो क्रिकेट आजदेखि « Khabarhub

बैतडीमा नेपाल–इन्डो क्रिकेट आजदेखि


२७ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बैतडी – प्रथम खुल्ला नेपाल इन्डो टी–२० क्रिकेट प्रतियोगिता आज बैतडीमा सुरु हुदैछ। पञ्चकोटी युवा क्लबको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका पुरुष क्रिकेट टोलीको सहभागिता रहनेछ।

प्रतियोगिताको उपाधि विजेता टोलीले रु ४० हजार र उपविजेता टोलीलाई रु २० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक पञ्चकोटी युवा क्लबका अध्यक्ष उत्तम चन्दले जानकारी दिए।

म्यान अफ द सिरिजलाई रु तीन हजार, बेस्ट ब्याट्सम्यानलाई रु एक हजार पाँच सय, बेस्ट बलरलाई रु एक हजार पाँच, बेस्ट किपरलाई रु एक हजार एक सय ११ र बेस्ट फिल्डरलाई रु सात सय ७७ पुरस्कार दिइनेछ।

दशरथचन्द नगरपालिका–१० स्थित बुड्डाबाजे खेलमैदान रातामाटामा सञ्चालन हुने प्रतियोगिताका खेल लिग चरणमा खेलाइने छन्। सीमावर्ती क्षेत्रका बासिन्दाबीच खेलमार्फत सद्भाव कायम गर्न र क्रिकेट विकास, खेलाडीको क्षमता अभिवृद्धिका लागि प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष चन्दको भनाइ छ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  १२ : ३१ बजे

टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौं : मन्त्री कुलमान घिसिङ

कञ्चनपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

मार्गमात्रै प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने अर्थ मन्त्रालयको प्रष्टोक्ति

काठमाडौं– अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका लागि मात्रै मार्ग प्रयोग गर्दा

पहिलो पाँच महिनामा बागमतीको पुँजीगत खर्च ४.४७ प्रतिशत

बागमती– बागमती प्रदेशले चालु आर्थिक वर्ष (आव)को प्रथम पाँच महिनामा

‘पिकअप भ्यान’ सहित १७६ किलो गाँजा बरामद

वीरगञ्ज– एक सय ७६ किलोग्राम गाँजा बोकेको पिकअप भ्यानसहित पर्सा

एमाले महाधिवेशन : सुरु भयो मतदान

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि